नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सभाको चुनावमा एमाले एक्लै अन्य दलसँग भिड्ने बताएका छन् ।
विराटनगरमा प्रेस चौतारी मोरङले गरेको पत्रकार सम्मेलनमा गुरुङले प्रदेश १ र बागमती प्रदेशमा एमाले एक्लैले राष्ट्रिय सभाको निर्वाचन जित्ने समेत दाबी गरे ।
गुरुङले प्रदेश २ बाहेक सबै प्रदेशमा एमाले बलियो भए पनि पछिल्लो समय केही प्रदेश सांसद यताउता हुँदा केही प्रदेशमा अप्ठ्यारोजस्तो देखिएको बताए । बागमती र १ नम्बर प्रदेशमा सहजै राष्ट्रिय सभाको चुनाव जित्ने बताए ।
एमालेले १ नम्बर प्रदेशमा देवराज घिमिरे, सु...