सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापालाई मन्त्री नियुक्त गरेका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी थापालाई प्रदेश प्रमुख नजिर मियाले मंगलबार पद तथा गोपनीयताको शपथ गराएका छन् ।