काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले दया होइन न्याय चाहिएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभामा बोल्दै उहाँले टिकापुर घटनाकोबारेमा दया होइन न्याय चाहिएको बताउनुभएको हो । उहाँले न्याय नपाएका कारण सरकारमा सहभागी नभएको बताउनुभएको छ । प्रधानमन्त्रीले दिएको प्रतिवद्धता अनुसार न्याय पाउनेमा विश्वस्थ भएको उहाँले बताउनुभयो ।