काठमाण्डाै – कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले किसानले उत्पादन गरेको वस्तुको मूल्य सहजै पाउनुपर्ने बताउनुभएको छ ।
आज बुधवार विश्व दूध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले आयोजना गरेको कार्यक्रममा बोल्दै सचिव शर्माले किसानले उत्पादन गरेको वस्तुको मूल्य सहजै पाउनुपर्ने बताउनुभएको हो । उहाँले त्यसका लागि सहजीकरण गर्न सरकार तयार रहेको बताउनुभयो ।
सचिव शर्माले निर्धक्क भएर दूध उपभोग गर्न सक्ने अवस्था बनाउनका लागि सरोकारवाला सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले...