पाकिस्तानमा गहुँको उत्पादन अपेक्षा भन्दा कम, मूल्य आकासियो

काठमाडौं– आर्थिक एवम् राजनीतिक संकटमा परेको पाकिस्तानमा गहुँको मूल्य आकासिएको छ । कोरोना भाइरसको महामारीका कारण उत्पन्न आपूर्ति चक्रमको समस्या र पूर्वी युरोपमा रुसले युक्रेनमाथि आक्रमण गरेसँगै पाकिस्तानमा गहुँको मूल्य बढेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यसबाहेक पाकिस्तानमा यो वर्ष अपेक्षाभन्दा कम मात्र गहुँ उत्पादन हुने देखिएको जनाइएको छ । एएनआईका अनुसार पाकिस्तानले […]

सम्बन्धित सामग्री

कोरियासँग धान उत्पादन प्रविधिमा सहकार्यको अपेक्षा

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दक्षिण कोरियालाई कृषि क्षेत्रमा सहयोग बढाउन आग्रह गर्नुभएको छ । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तेयोङसँग शुक्रबार मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपालमा उन्नत जातको आलुको बिउ उत्पादन र हाइब्रिड धान उत्पादन प्रविधिमा सहकार्य गर्ने प्रक्रिया अगाडि बढाइसकिएको र त्यसमा थप सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

प्रधानमन्त्रीको प्रतिबद्धतासँगै सिमेन्ट उद्योग सुधारको अपेक्षा

देशकै सबैभन्दा ठूलो पूर्ण सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार अवलोकन गर्नुभएको उद्योग प्रशासनले जनाएको छ । दिनानुदिन सिमेन्ट उत्पादन घट्दै गएको र उद्योगका अधिकांश संयन्त्र जीर्ण बन्दै गएको अवस्थामा प्रधानमन्त्रीले अनुमगन गर्नुभएपछि उद्योग सुधार हुने अपेक्षा यहाँका नागरिकले गरेका छन् । उदयपुरको जलजलेमा स्थापना भई सञ्चालन हुँदै आएको उक्त …

रोजगारी र उत्पादन गुम्नेगरी बासस्थान निर्माण गर्नु हुँदैन : अर्थमन्त्री

पाटन– अर्थमन्त्री डा प्रकाशशरण महतले भूकम्प प्रभावित क्षेत्रमा पुननिर्माण अघि बढाउँदा रोजगारी र उत्पादन गुम्नेगरी बासस्थान निर्माण गरिनु नहुने धारणा राखेका छन् । भूकम्प प्रभावित जिल्लाका जनप्रतिनिधिको संयुक्त आयोजनामा आज ललितपुरमा आयोजित जाजरकोट रामीडाँडा भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणसम्बन्धी वृहत् अन्तरक्रियामा मन्तव्य राख्दै अर्थमन्त्री डा महतले नागरिकको अपेक्षा बमोजिमको उपयुक्त स्थानमा बासस्थान निर्माण गर्ने गरी […]

आगामी बजेटप्रति निजीक्षेत्रको अपेक्षा उत्पादन वृद्धिदेखि प्रविधिको उपयोगसम्म

वीरगञ्ज ।सरकार आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट बनाउने चटारोमा छ । सरकारले आगामी आवको बजेटबारे सरोकारवालासँग सुझाव पनि मागेको छ । आउँदो बजेटले अर्थतन्त्रले सामना गरिरहेका समस्या हल गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।  आकर्षक नारामा मात्र ध्यान नदिएर वास्तविक आवश्यकता पहिचान गरी बजेट ल्याउनुपर्ने वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल बताउँछन् । ‘विगत केही वर्षयताको बजेट हेर्‍यौं भने पहिला आकर्षक नारा र योजनासहितको ठूलो आकारको बजेट ल्याउने, ६ महीना नबित्दै आम्दानी र खर्चदेखि अर्थतन्त्र विस्तारको अनुमानसमेत घटाउने प्रवृत्ति देखिएको छ । यस्तो बजेटले समस्या समाधान गर्न सक्दैन,’ अध्यक्ष अग्रवालले भने ।  कोरोना महामारीयता विश्वकै अर्थतन्त्र मन्दी उन्मुख भइरहेकाले यसबाट अर्थतन्त्रलाई जोगाउने हिसाबले बजेट आउनुपर्ने संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम बताउँछन् । ‘उत्पादन र रोजगारी बढाउने बजेटको मूल उद्देश्य हुनुपर्छ । यसका लागि बजेटले उद्योग र उत्पादनलाई प्राथमिकतामा राख्नुपर्छ,’ उनले भने । आवश्यकभन्दा लोकरिझ्याइँका कार्यक्रम राख्ने प्रतिस्पर्धाले बजेटको आकार ठूलो हुने गरेको जानकार बताउँछन् । यस्तो बजेटको कार्यान्वयन कमजोर हुने दाबी पनि उनीहरू गर्छन् । बजेट आयव्ययको विवरणमात्र नभएर विकास योजनाको आधार भएकाले सरकार यसमा गम्भीर हुनुपर्ने सुझाव उनीहरूको छ ।  नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको व्यापार समितिका सभापति सुबोधकुमार गुप्ता बजेटले उद्योग र व्यापार क्षेत्रका चासोलाई सम्बोधन गर्नुपर्ने बताउँछन् । ‘उत्पादन र व्यापार एकअर्काका परिपूरक हुन् । विगतमा सरकारले व्यापारमा नियन्त्रण गर्दा उत्पादन पनि प्रभावित भएको हो,’ गुप्ता भन्छन्, ‘नियन्त्रण होइन, सहजीकरणको नीति अहिले आवश्यक परेको छ ।’ कुनै पनि व्यापारसँग सम्बद्ध नीति परिवर्तन गर्दा त्यसले उपभोक्तालाई पार्ने प्रभावका बारेमा पनि सरकारले ध्यान पुर्‍याउनुपर्ने उनको सुझाव छ ।  सरकारले उद्यम प्रवद्र्धन गर्न खुकुलो नीति लिनुपर्ने नेपाली युवा उद्यमी मञ्चका पूर्वअध्यक्ष अनुप अग्रवाल बताउँछन् । युवा र उद्यमशीलतालाई जोड्ने नीति लिनुपर्ने उनले बताए । ‘अबको समय नवप्रवर्तनको हो । स्टार्ट अप र नवप्रवर्तनलाई प्रोत्साहनको नीति आवश्यक छ,’ अग्रवालले भने ।  अर्थतन्त्रमा प्रविधिको उपयोग र अवसरको अधिकतम दोहनलाई बजेटले प्राथमिकता दिनुपर्ने राय युवा उद्यमीहरूको पाइन्छ । तरलता अभाव र चर्को ब्याजदरको समस्या समाधानका लागि ठोस योजना ल्याउन उद्यमीले आग्रह गरेका छन् ।  कोरोना महामारीका कारण व्यापारमा मन्दी आएकै समयमा चालू पूँजी कर्जा मार्गदर्शनले समस्या थपेको औसत गुनासो सुनिन्छ । उच्च ब्याजदरको दीर्घकालीन समाधानका लागि पूँजीको स्रोतमा ध्यान दिनुपर्ने वीरगञ्ज उद्योग वाणिज्य संघका अर्का उपाध्यक्ष माधव राजपाल बताउँछन् ।  ‘बैंकहरूको आधारदरमा २ प्रतिशतभन्दा बढी प्रिमियम जोड्न नपाइने नीति लिनुपर्छ । यसो गर्दा कर्जाको ब्याजदर घट्न सक्छ । बचतमा ब्याज घटाएरमात्रै यसको समाधान सम्भव छैन,’ उनले भने । निर्माण व्यवसायीले भुक्तानी नपाएको अर्बौं रुपैयाँ निकासा गर्नुपर्ने पनि उनले बताए । ‘निर्माण व्यवसायीको रकम निकासा हुँदा निर्माण सामग्रीका उद्योग चल्छन् । यसले समग्र अर्थतन्त्रमा चक्रीय प्रभाव पार्न सक्छ । घर निर्माण कर्जामा पनि खुकुलो नीति लिनुपर्छ,’ राजपालको राय छ ।

यस वर्ष सुन्तला उत्पादन बढ्ने

काठमाडौँ,२५ असोज । व्यावसायिक सुन्तलाखेतीका लागि प्रख्यात बन्दै गएको पर्वतको पाङ्राङका कृषकले यस वर्ष सुन्तला उत्पादन बढ्ने बताएका छन् । यस वर्ष कम वर्षा भएको तथा रोग, किरा र असिनाको प्रकोपसमेत नभएकाले सुन्तला उत्पादन बढुने अपेक्षा गरिएको श्रीनगर सुन्तला उत्पादक सहकारीका अध्यक्ष तारालाल कुवँरले बताए । गत वर्ष सहकारीमार्फत ८० लाखका सुन्तला बेचेका यहाँका कृषकले […]

सुन्तला उत्पादन बढ्ने अनुमान

पर्वत– व्यावसायिक सुन्तलाखेतीका लागि प्रख्यात बन्दै गएको पर्वतको पाङ्राङका कृषकले यस वर्ष सुन्तला उत्पादन बढ्ने बताएका छन् । यस वर्ष कम वर्षा भएको तथा रोग, किरा र असिनाको प्रकोपसमेत नभएकाले सुन्तला उत्पादन बढ्ने अपेक्षा गरिएको श्रीनगर सुन्तला उत्पादक सहकारीका अध्यक्ष तारालाल कुवँरले बताए। गत वर्ष सहकारीमार्फत ८० लाखका सुन्तला बेचेका यहाँका कृषकले यस वर्ष कम्तीमा […]

निजी क्षेत्रलाई विश्वासमा लिएर औद्योगिक उत्पादन बढाउँछौं : उद्योगमन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले अपेक्षा गरेअनुसार निर्यात नबढेको बताएका छन् । आज नेपाल उद्योग परिसंघको १९औं वार्षिक साधारण सभामा सम्बोधन गर्दै मन्त्री बडूले सोचेअनुरुप निर्यात बढ्न नसकेको बताएका हुन् ।उनले नीति र कार्यक्रममा लिएको लक्ष्यअनुसार मुलुकको राष्ट्रिय उत्पादन बढाउने, रोजगारी सृजना गर्ने र उपभोग वृद्धि गर्ने लक्ष्यमा अडिग रहेको बताए । यस्तै, निर्यात वृद्धि गर्न सक्दो प्रोत्साहन गर्ने बताउँदै देशको अर्थतन्त्रलाई सकरात्मक दिशामा लग्न निरन्तर लाग्ने समेत बताए ।त्य

उदार मौद्रिक नीतिको अपेक्षा

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । दुई वर्ष कोरोना महामारी संक्रमणले थलिएको अर्थतन्त्रलाई सुधार गर्न पुनर्कर्जालगायतका सुविधा राष्ट्र बैंकले दिएको थियो । नयाँ मौद्रिक नीतिमा ती व्यवस्थाहरू अब हट्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले संकेत गरेका छन् । कोभिड–१९ संक्रमणले आपूर्ति श्रृंखलामा आएको असन्तुलन र औद्योगिक उत्पादन, होटल तथा पर्यटन […]

दुई ओटा जापानी कारखानामा टोयोटाले रोक्यो उत्पादन

मंसिर २३, टोकियो । जापानी अटो निर्मा कम्पनी टोयोटा मोटर कर्पोरशनल जापानमा रहेका दुई ओटा कारखानामा उत्पादन रोकेको छ । आपूर्ति अभावका कारण यस्तो कदम चालिएको कम्पनीका प्रवक्ताले बताएका हुन् ।  यसको अर्थ डिसेम्बरमा टोयोटाले यसअघि योजना बनाएअनुसार सामान्य स्तरमा उत्पादन गर्न सक्दैन । कम्पनीले यस अघि सात महीनामा पहिलो पटक डिसेम्बरमा उत्पादन सामान्य स्तरमा फर्किने अपेक्षा गरेको थियो । बुधवार दुई कारखानाहरुमा उत्पादन रोकिएको छ ।  उत्पादन बन्दले करीब तीन दिन निरन्तरता पाउने अपेक्षा गरिएको प्रवक्ताले बनाएको छ । यसका कारण उत्पादनमा करीब ३ हजार ५०० को कमी आउने अपेक्षा गरिएको छ ।  यद्यपि, टोयोटाले मार्चमा सकिने आवमा विश्वभर ९० लाख थान सवारी साधन उत्पादन गर्ने लक्ष्य भने यथावत् राख्ने प्रवक्ताले बताएका छन् । एजेन्सी

एप्पल र हुन्डाइले २०२४ मा स्वचालित कार उत्पादन सुरु गर्ने

सोल-दक्षिण कोरियाली कार निर्माता हुन्डाइ र अमेरिकी प्रविधि कम्पनी एप्पलले छिट्टै स्वचालित कार उत्पादनको सम्झौतालाई अन्तिम रुप दिने भएका छन् । यो सम्झौताको तीन वर्षमा कारको उत्पादन हुने अपेक्षा गरिएको छ ।दुई कम्पनीबीचको सम्झौताले मार्चमा पूर्ण अवस्थामा पुग्ने कोरियाको स्थानीय अखबार आईटी न्यूजले जनाएको छ ।यो कारको उत्पादन अमेरिकामा स्थापना गरिएको प्लान्टमा हुने छ । […]