उत्पादन बढेपछि घट्यो कुखुराको मासुको मूल्य

ब्रोइलर कुखुराको मासुको मूल्य घट्न थालेको छ । बजारमा उत्पादन बढेपछि मूल्य घट्न लागेको कुखुरा बिक्री व्यवसायी संघले जानकारी दिएको छ । संघका अनुसार हाल बजारमा कुखुराको तयारी मासुको मूल्य प्रतिकिलो ३१० रुपैयाँमा आइपुगेको छ ।यसअघि, कुखुराको मासुको मूल्य प्रतिकिलो ३६० रुपैयाँदेखि ३८० रुपैयाँसम्म थियो । संघले उत्पादन बढेपछि मूल्य घट्न थालेको बताएको छ । मूल्य घट्न थालेपछि किसानले जिउँदो कुखुराको मूल्य प्रतिकिलो २२० रुपैयाँ पाउन थालेका छन् ।यस्तै, हाल कुखुराको मासुको होलसेल मूल्य २८० रुपैयाँमा आइपुगेको

सम्बन्धित सामग्री

कुखुराको मासुको मुल्य घट्यो, धार्मिक आस्थाका कारण साउनमा खपत पनि कम

चितवन  । चितवनको बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य निरन्तर घटिरहेको छ । झण्डै दुईसाता अघिसम्म बढेको मासुको मुल्य पछिल्लो सातादेखि निरन्तर घटिरहेको छ । बिशेषगरी धार्मिक आस्थाका कारण साउन महिनामा खपत कम हुने र उत्पादनमा पनि केही बृद्धि हुँदै गएकोले मासुको मुल्य घट्दै गएको व्यवसायीको भनाई छ ।  मासु व्यवसायी संघ चितवनका अध्यक्ष गणेशप्रसाद कँडेलले मुख्यतः दुई कारणले ब्रोइलर कुखुराको मासुको मूल्य घटेको बताए ।  ‘एउटा कारण त चितवनमा कुखुराको उत्पादन बिस्तारै बढ्न थालेको छ, उनले भने अर्को कारण साउने पर्वका कारण अघिपछिको तुलनामा यो बेला मासुको खपत नै कम हुन्छ ।  हाल चितवनका मुख्य बजारमा प्रतिकिलो ३८० रूपैयाँमा फ्रेस (तयारी) मासु बिक्री भईरहेको छ  । दुई साताअघिसम्म प्रतिकिलो फ्रेस मासु ४८० रूपैयाँ थियो ।  कोरोना कहरपछि चर्को व्याजमा ऋण लिएर किसानहरुले कुखुरा हालेका थिएनन्, पछिल्लो समय बिस्तारै किसानले चल्ला हाल्न थालेका छन् । जसले गर्दा चितवनमा ब्रोइलर कुखुराको उत्पादन पनि बढ्न थालेको छ । दशैंतिर चितवनमा ब्रोइलर कुखुराको उत्पादन धेरै नै बढ्ने प्रक्षेपण समेत गरिएको छ । ‘साउनको महिना भएर अहिले ब्रोइलर कुखुराको मासुको खपत कम छ, अघिपछिको तुलनामा साउन महिनामा २५ प्रतिशत मासुको खपत कम हुन्छ’, अध्यक्ष कँडेलले भने, ‘भदौ लागेपछि धेरथोर मासुको मूल्य बढ्न सक्छ ।’ माग बढ्दा उत्पादन कम भएको र उत्पादन बढ्दा खपत कम भएका कारण मासुको मूल्यमा उतारचढाव आउने व्यवसायीहरु बताउंँछन ।  जिउँदो कुखुराको मूल्य घटेपछि मासुको मूल्य स्वतः घटेको हो  । मासु व्यवसायी संघका अनुसार किसानहरुले यतिबेला सप्लायर्सहरुलाई जिउँदो ब्रोइलर कुखुरा प्रतिकिलो २१० रूपैयाँमा बेचिरहेका छन् । सप्लायर्सहरुले मासु व्यवसायीहरुलाई प्रतिकिलो २३० रूपैयाँदेखि २४० रूपैयाँसम्म बेचेका छन् । मासु व्यवसायीहरुले तयारी मासु बनाएर प्रतिकिलो ३८० खुद्रामा र होलसेल प्रतिकिलो ३६० रूपैयाँमा बेचेका छन् । बैंकको व्याजदर अझै घट्न नसक्नु र साना किसानहरुले जोखिम मोल्न नसक्नु लगायतका कारणले चल्ला हाल्ने काम निकै कम छ, जसका कारण कुखुराको उत्पादन नै घटिरहेको छ । व्यवसायीहरु बिस्तारै उत्पादन पनि बढ्न थालेपछि कुखुराको मासुको मूल्य थप घट्दै जानसक्ने बताउंँछन ।  चितवनमा साउन महिनामा  दैनिक कुखुराको मासुमात्रै १० टन खपत भएको प्रक्षेपण गरिएको छ । अघिपछिको महिनामा चितवनको बजारमा दैनिक १५ टनसम्म कुखुराको मासु खपत हुँदै आएको मासु व्यवसायी संघ चितवनले जनाएको छ ।

भारतबाट अवैध कुखुरा, मासु आयात

नेपालमा अहिले कुखुराको मासुको मूल्य एकोहोरो घटिरहेको छ । भारतवाट अवैध रूपमा कुखुराको मासु भित्रिँदा नेपाली कुखुराको माग घटेको र जसले मूल्यमा गिरावट आएको हो । ह्याचरी उद्योग सङ्घका निवर्तमान अध्यक्ष टीकाराम पोख्रेल स्थल मार्गबाट नेपालमा कुखुरा र कुखुराको मासु आयात गर्न प्रतिबन्ध भए पनि अवैध रूपमा आयात भइरहेको बताउनुहुन्छ । खुला सीमाको फाइदा उठाउँदै कुखुरा र यसको मासु भिœयाउने क्रम बढ्दो रहेको पनि उहाँले जनाउनुभयो । “४५० रुपियाँ किलोसम्म पुगेको कुखुराको मासु अहिले तीन सय रुपियाँबाट पनि तल झरेको छ,” पोख्रेलले भन्नुभयो, “कुखुराको मासुको मूल्य यसरी घट्नुमा भारतीय कुखुराको मासु छ्यापछ्याप्ती भेटिनु हो ।”

चुनाव सकिएपछि सस्तियो कुखुराको मासु, उपभोक्ता मूल्य किलोको ३९५ रुपैयाँमा झर्यो

काठमाडौं । स्थानीय तहको चुनावका कारण माग ह्वात्तै बढ्दा महँगिएको कुखुराको मासुको मूल्य निर्वाचन सकिएपछि पुनः सस्तिन थालेको छ।गतसाता चुनावकै कारण गाउँगाउँमा खपत चुलिँदा

ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि

टीकापुर ।  वैशाख कैलालीमा ब्रोइलर कुखुराको मासुको मूल्य बढेको छ । कैलालीमा एक सातामा ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकिलो रु १०० बढेको छ । कैलालीका बजारमा सहजरूपमा ब्रोइलर कुखुराको मासु नपाइने र पाइए पनि महँगो हुँदै गएको व्यवसायी बताउँछन् । ब्रोइलर कुखुरा एक साता पहिला जिउँदो प्रतिकिलो रु १९० र काटेर रु ३२० मा बिक्री […]

कुखुराको मासुमा अस्वाभाविक मूल्य वृद्धि

बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य अस्वाभाविक रुपमा बढेको छ । डेढ महिनाको अवधिमा प्रतिकिलो १२० रुपैयाँभन्दा बढी मूल्य वृद्धि भएको छ । ह्याचरी उद्योगले डेढ महिनाअघि अन्डा नष्ट गरेपछि बजारमा मूल्य बढेको हो । डेढ महिनाअघि प्रतिकिलो २८० रुपैयाँ रहेको कुखुराको मासु अहिले बढेर ४०० नाघेको छ ।

लसुन र कुखुराको मासुको मूल्य दुई गुणा बढ्यो

प्याजको मारमा परेका उपभोक्ता मूल्य घटन नपाउँदै लसुन र बोइलर कुखुराको मासुको मूल्य बढ्दा मारमा छन् । दैनिक उपभोग्य सामानको मूल्य बेला बेलामा एक्कासि आकासिनु रहस्यमय छ । बोइलर कुखुराको मासु, लसुन लगायत दैनिक उपभोग्य वस्तुको उच्च रुपमा बढेको छ । २५ दिन अघि २६० रुपियाँमा पाईने हाल खुद्रा बजारमा कुखुराको मासुको मूल्य प्रतिकेजी ४०० रूपियाँ भन्दा माथि पुगेको छ ।

कुखुराको मासु एक सातामै प्रतिकेजी ४५ रुपैयाँले सस्तियो

ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकेजी ४५ रुपैयाँसम्म सस्तिएको छ। एक हप्ताअघिसम्म प्रतिकेजी ३ सय रुपैयाँसम्म खरिदबिक्री हुने गरेको मासुको खुद्रा मूल्य हाल २५५ रुपैयाँ कायम भएको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले ब्रोइलर कुखुराको मासुको खुद्रा मूल्य घटेको जनाएको छ। संघका महासचिव काजी थापाले हाल उत्पादन बढेको तर सोअनुसार माग बढ्न नसकेपछि मूल्य घटेको जानकारी…