मोडल तथा अभिनेत्री निशा घिमिरेको पछिल्लो स्वास्थ अवस्था स्थिर रहेको छ । उनको उपचार गरिरहेको नर्भिक अस्पतालले मंगलबार एक पत्रकार सम्मेलन गर्दै उनको स्वस्थ्य र उपचारको बारेमा विभिन्न जानकारी दियो । सो क्रममा अस्पतालले उनको उपचार अझै जारी राख्ने जनाएको छ ।केही दिनयता भने केही अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा निशाको मृत्युको समाचार छाएको देख्न सकिन्छ । यस बिषयमा अभिनेत्री निशाका बुबा प्रेम अधिकारीले दुःखेसो गरेका छन् । उनले बाहिर आएको निधनको समाचार भ्रामक र त्यसमा कुनै सत्यता नरहेको बताए । &l