अनुसूचित जातिलाई अपमानजनक टिप्पणी गरेको भन्दै अभिनेत्री युविकाविरुद्ध उजुरी दर्ता

एजेन्सी।अनुसूचित जातिलाई अपमानजनक टिप्पणी गरेको आरोपमा प्रहरी बिग बोसमा देखिएकी टेलिभिजन अभिनेत्री युविका चौधरीविरूद्ध उजुरी दर्ता गरेको छ।अभिनेत्री युविकाले एक भिडियोमा भारतको अनुसूचित जनजातिलाई अपमानजनक शब्द र गलत टिप्पणी गरेको भन्दै एक वकिलले उजुरी दर्ता गराएका हुन्। हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको यस भिडियोको मानिसहरुले तिव्र विरोध गरिरहेका छन्।यद्पी युविकाले इन्स्टाग्रामा अर्को भिडियो पोष्ट गर्दै यसबारेमा माफी मागेकी छिन्।

सम्बन्धित सामग्री

स्वास्थ्यमन्त्री बस्नेतको जिकिर- उजुरी दर्ता गर्दैमा दोषी हुँदैन

काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले टेरामक्स प्रणालीमा कुनै अनियमितता नभएको जिकिर गरेका छन् । सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बस्नेतले निजी दूरसञ्चार सेवा प्रदायकलाई पोस्नका लागि अहिले टेरामक्स प्रणालीको कुरा निकालिएको टिप्पणी गरे । प्रतिपक्षीले राजीनामा मागिरहेका बेला उनले भने, ‘उजुरी दर्ता गर्दैमा दोषी नहुने र कसैलाई आरोपी भन्न मिल्दैन । […]

केपी ओलीको अहंकार धेरै टिक्दैन, अब जनता जाग्छन्

काठमाडौं : आफ्ना सांसद डा. सुरेन्द्र यादवलाई 'अपहरण' गर्नेविरुद्ध उजुरी दर्ता गर्न काठमाडौं प्रहरीले इन्कार गरेपछि नवगठित जनता समाजवादी पार्टीका नेताहरुले सरकारको निरंकुशता प्रष्ट भएको टिप्पणी गरेका छन्। पार्टीका नेताहरु राजेन्द्र महतो, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ र महन्थ ठाकुरसहित सांसद य...