आगामी जेठ ६ गते हुन गइरहेको बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि मतदान केन्द्र तोकेको छ । निर्वाचन आयोगले शुक्रबार राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम (३) बमोजिम मतदानकेन्द्र तोकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जनाएका छन् ।