काठमाण्डाै - आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगले मतदान केन्द्र निर्धारण गरेको छ ।
प्रदेश-१ मा दुई र अन्य ६ वटा प्रदेशमा एक/एक वटा मतदान केन्द्रभित्र दुई/दुई वटा मतदान केन्द्र रहने गरी आठ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ ।
राष्ट्रिय सभा सदस्य चुनावमा प्रदेश सभा सदस्यहरु ४३२ तथा पालिका प्रमुख र उपप्रमुखहरु १४ सय ९३ गरी कुल २०२५ जना मतदाता छन् ।
प्रदेश-१ मा पालिका प्रमुख तथा उपप्रमुखका लागि विराटनगरको प्रदेश निर्वाचन कार्यालय र प्रदेश सभा सदस्यहरुका लागि ब...