नेकपा एमालेले सभामुख अग्नि सापकोटा र निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
एमालेले कारवाही गरेको १४ सांसदको पद सभामुख अग्नि सापकोटाले जोगाइदिएको र कारवाहीको जानकारी गराउँदा पनि निर्वाचन आयोगले ती सांसदहरूलाई अर्को पार्टीको पक्षमा सनाखत गराएको भन्दै एमालेको केन्द्रीय कमिटी बैठकले कानूनी उपचार खोज्ने निर्णय गरेको थियो ।
‘सभामुख र निर्वाचन आयोगको निर्णयविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न लागेका हौँ । सबै तयारी पूरा भएको छ । केहीबेरमा अदालत जान्छौँ,’ नेकपा एमालेक...