काभ्रेका अर्जुन लामाको हत्या अभियोगमा प्रतिवादी बनाइएका सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा पेशी चढे पनि सुनुवाइ हुन सकेन ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहित ५ जनाको इजलासमा उक्त मुद्दाको पेशी तोकिए पनि हेर्न नमिल्नेमा परेको हो ।
कानून व्यवसायी छँदा सो मुद्दामा बहस गरेका कारण न्यायाधीश कार्कीले मुद्दा हेर्न नमिल्ने भएकाले सुनुवाइ स्थगित भएको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।
२०६२ वैशाख १६ गते तत्क...