पोखरा । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले ३० सांसदको समर्थन पाएका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत पाएको घोषणा गरेपछि नेपाली कांग्रेसले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । कांग्रेस गण्डकी संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुखको उक्त घोषणाविरुद्ध मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन् । उक्त रिटको पहिलो सुनुवाइ २७ गते बिहीबारलाई तोकिएको छ । […]