पोखरा । नेकपा माओवादी केन्द्रले गरेको कारबाहीविरुद्ध फणीन्द्र देवकोटा सर्वोच्च अदालत पुगेका छन् । उनले पुनर्बहालीको माग गर्दै बिहीबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । माओवादी संसदीय दलमा रहेको ह्विप विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएका देवकोटालाई माओवादीले कारबाही गरेको हो । माओवादीले गरेको कारबाही सभामुख कृष्णप्रसाद धितालले जेठ ३२ गते प्रदेश सभामा पढेर सुनाएसँगै […]