छिन्चु, जाजरकोट सडक खण्डको बोटेचौर, दमार छेउमा बगेको उर्लंदो भेरी नदी किनार । सुर्खेत गुर्भाकोट नगरपालिका–९ दमारमा सडक छेउ जग्गामा बसेका ४६ घरधुरी राउटे समुदायका टहरा । पुराना काला कपडाले छोपेका टहरा वर्षात्ले भिजेपछि सबै राउटे परिवार बाहिर बसेर गिलो भात र सागको झोल खाँदै ।