सिरियामा भएको भनिएको रासायनिक घातक हतियारको प्रयोगसम्बन्धी अनुसन्धानका लागि सिरिया पुगेका अन्तर्राष्ट्रिय रासायनिक हतियार अनुगमन अधिकारीलाई त्यहाँ अवरोध नगरिएको रुसले जनाएको छ।
एजेन्सी । युक्रेनको खाद्यान्न निकासीमा अवरोध नगर्ने सम्झौताबाट रुस पछि हटेको छ । युक्रेनले रुस र क्राइमिया जोड्ने पुलमा क्षेप्यास्त्र आक्रमण गरेकै दिन सोमबार मस्को कृष्णसागर हुँदै युक्रेनको खाद्यान्न निकासी गर्न दिने सम्झौताबाट पछि हटेको हो । तर रुसले क्राइमियाको पुल आक्रमणसँग खाद्यान्न निकासी सम्बन्धि निर्णयको कुनै सरोकार नरहेको दाबी गरेको छ । युक्रेनलाई खाद्यान्न […]
चीनले रूस–युक्रेन युद्धले अन्न तथा मल निर्यातमा भएको अवरोध हटाउन सम्बन्धित पक्षसँग आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घका लागि चीनका नायब स्थायी प्रतिनिधि गेङ सुआङले सुरक्षा परिषदमा भएको ‘ब्ल्याक सी ग्रेन इनिसिएटिभ’ मा समस्या समाधानका लागि ठोस कदम चाल्न आग्रह गर्नुभएको हो ।
चिनियाँ राजदूतले दुई देशको युद्धबाट अन्न र मल निर्यातमा उत्पन्न अवरोध हटाउन आह्वान गर्दै आर्थिक एवं व्यापारिक मुद्दालाई राजनीतिक हतियार बनाउन नहुनेमा जोड दिनुभयो । रूस–युक्रेन द्वन्द्वकाबीच विश्व बजारमा आपूर्ति शृङ्खलामा अवरोध भएक...
रुस र युक्रेनबीच भएको सम्झौताअनुसार अन्न बोकेको पानी जहाजले युक्रेनी बन्दरगाह छाडेको छ । गएको फेब्रुअरीदेखि रुसले युक्रेनी बन्दरगाहमा अवरोध गरेका कारण युक्रेनबाट अन्न निर्यात पनि रोकिएको थियो ।
दुई देशबीच भएको सम्झौतापछि अन्न बोकेको पहिलो जहाजले आज साेमवार युक्रेनी बन्दरगाह छाडेको बीबीसीले जनाएको छ । २६ हजार टन मकै बोकेको जहाज भोलि मङ्गलवार टर्कीको जलक्षेत्रमा पुग्ने बताइएको छ । टर्कीले आउँदा हप्ताहरूमा थप ढुवानीका योजना रहेको पनि बताएको छ । अन्न ढुवानी सुरु गर्ने सम्झौताले विश्वव्यापी खाद्य सङ्कटलाई कम गर्ने...
एजेन्सी, २५ जेठ । विश्वमा भोकमरीले महासंकटको खतरा बढेको छ । खाद्यको भण्डार मानिने रुस र युक्रेन युद्धले गहुँ, तोरी जस्ता खाद्यान्नको आपूर्तिमा अवरोध आएको छ । यसको प्रत्यक्ष असर अफ्रिका र खाडी देशहरुमा समेत पर्न थालेको छ । सबैभन्दा ठूलो संकट अफ्रिकामा परिसकेको छ । त्यहाँ गहुँको अभाव बढेको छ । जसका कारण मूल्यमा […]
काठमाडौं । रुसी सेनाको घेरबन्दीमा परेको युक्रेनको मारियोपोल शहरमा फसेका सयौं नागरिकको उद्धारमा रुसी सेनाले अवरोध गरेको आरोप युक्रेनले लगाएको छ । मारियुपोल शहरलाई चारैतिरबाट घेरा हालेको रुसी सेनाको प्रतिकारका लागि युक्रेनी सेना उत्रेपनि उद्धार कार्य सफल हुन सकेको छैन । बन्दरगाह शहर मारियुपोल रुस समर्थित पृथकतवादीबाट नियन्त्रित डोनेट्स्क र लुहान्स्ककोबीचमा पर्ने भएकाले रुसले सो […]
एजेन्सी, फागुन २५ । युक्रेनले विभिन्न स्थानमा घाइते भएका आफ्ना नागरिकको उद्धारमा पनि रुसले अवरोध सिर्जना गरेको आरोप लगाएको छ। युक्रेनमा रुसी सैनिकको हमलाबाट भौतिक संरचना र मानवीय क्षति भएको छ। हमलाबाट घाइतेको उद्धारमा रुस बाधक बनेको युक्रेनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले बताएका छन्। उनले रुसी सेनाले दक्षिण–पूर्वीसहरहरू घाइते भएका नागरिकलाई सुरक्षित स्थानमा लैजान […]
रुस र युक्रेन बीचको तनावले नेपालमा खाने तेलको मूल्य ह्वात्तै बढेको छ । स्थानीय बजारमा विशेष गरेर सनफ्लावर (सूर्यमुखी) र सोयाविन (भटमास) तेलको मूल्य पछिल्लो एक सातामा ह्वात्तै बढेको हो । अन्तर्राष्ट्रिय बजारमा तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बढेको कारण पनि तेल उद्योगीले मूल्य बढाएका हुन् ।नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्राचार्यले अहिले युद्धको असरले खाने तेलको कच्चा पदार्थका आपूर्तिमा अवरोध हुँदा अभाव भएकोले मूल्य बढेको बताए । उनले दैनिक रुपमा प्रयोग हुने
काठमाडौं । पछिल्लो समय रुसले युक्रेनमा हमला गरेपछि विश्वभरबाट एक पछि अर्को गर्दै रुसमाथि प्रतिबन्ध लगाउने क्रम बढेको छ ।
अवस्था कतिसम्म बिग्रने हो भन्ने अनिश्चियबीच तेल बजारमा तीव्र उतारचढाव आइरहेको छ । कमोडिटिजको भाउ बढेको छ । रुस र युक्रेन तेल, प्राकृतिक ग्याँस र धातुको मुख्य उत्पादक देश हुन् ।
विश्वको खाद्य आपूर्तिमा पनि यी दुई देशको मुख्य भूमिका छ । विश्वको कुल गहुँ कारोबारमा रुस र युक्रेनी गहुँको अनुपात २९ प्रतिशत छ । १९ प्रतिशत मकैको आपूर्ति पनि यी दुई देशबाट हुने गरेको छ ।
विश्व बजारमा रुस र युक्रेनबाट ८० प्रतिशत सूर्यमुखी तेल आउने गरेको छ । रुस र युक्रेनबीचको पछिल्लो घम्साघम्सीले विश्वभर खाद्य संकट निम्तने चिन्ता चुलिएको छ ।
विश्व बजारमा रुस र युक्रेनबाट ८० प्रतिशत सूर्यमुखी तेल आउने गरेको छ । रुस र युक्रेनबीचको पछिल्लो घम्साघम्सीले विश्वभर खाद्य संकट निम्तने चिन्ता चुलिएको छ ।
गहुँ, मकै र सूर्यमुखी तेल क्रेताहरु वैकल्पिक आपूर्तिकर्ता खोज्न बाध्य हुन सक्ने विश्लेषण विश्वभर बढेको छ ।
पछिल्लो केही दिनमा सिकागो ह्विट फ्यूचर्स (गहुँको भविष्यको मूल्य) धमाधम उकालो लागिरहेको छ । रुस–युक्रेन संकट चुँलिदै गएपछि गएको शुक्रवारयता प्रति सय बुशेल गँहुको भाउ डेढ सय डलर भन्दा धेरैले बढिसकेको छ ।
रुसी गहुँको सबैभन्दा ठूला क्रेता इजिप्ट र टर्की हुन् । तर ढुवानीमा ढिलाई भयो वा प्रतिबन्धले रुसी निर्यात अवरुद्ध भयो भने यी दुई मात्रै प्रभावित हुने छैनन् । विश्वभर यसको प्रभाव पोखिने छ अनि मूल्य झनै बढ्नेछ ।
बिहीवार मे डेलिभरीको ह्विट फ्यूचर्स प्रति सय बशेल (करीब २ हजार ७२१ केजी) ९५० डलरमा पुगेको थियो । यो अघिल्लो दिनको तुलनामा १ दशमलव ६३ प्रतिशत अर्थात् १५ डलर २५ सेन्ट धेरै हो ।
फेब्रुअरी १६ यता यसको भाउ ह्वात्तै बढेको छ । मकैं र भट्मासको भाउ पनि बढेका छन् । फेब्रुअरी १५ यता मकैको फ्यूचर्स प्रति सय बशेल (करीब २ हजार ७२१ केजी) को ६३८ डलरबाट बढेर बिहीवार ६९५ डलर पुगेको थियो ।
सोही अवधिमा भट्मासको फ्यूचर्स पनि प्रति सय बशेल (करीब २ हजार ७२१ केजी) को सवा १ सय डलररभन्दा धेरैले बढेको छ । सन् २०२१ को न्यून बिन्दुको तुलनामा भने पछिल्लो समय यी तीन ओटै अन्नको भाउ ५० प्रतिशत आसपास बढिसकेको छ ।
कालो सागरबाट हुने आपूर्तिमा अवरोध आयो भने समग्रमा विश्वको आपूर्ति प्रभावित हुने नेशनल अष्ट्रेलिया बैंकका एग्रिबीजनेश अर्थशास्त्री फिन जेइबेलले बताएको भन्दै रोयटर्सले समाचार छापेको थियो
विश्वको उत्पादनमा आएको कमी र उच्च मागका कारण यी अन्नको भाउ बढेको हो । कालो सागरबाट हुने आपूर्तिमा अवरोध आयो भने समग्रमा विश्वको आपूर्ति प्रभावित हुने नेशनल अष्ट्रेलिया बैंकका एग्रिबीजनेश अर्थशास्त्री फिन जेइबेलले बताएको भन्दै रोयटर्सले समाचार छापेको थियो ।
रुसले निर्यात गर्ने गहुँको ७० प्रतिशत गत वर्ष मध्य पूर्व र अफ्रिकामा खपत भएको रिफिनिटिभको ढुवानी डेटाले देखाएको छ ।
पछिल्लो समय देखिएको तनावले मध्य पूर्व र अफ्रिकी क्रेताहरु वैकल्पिक विक्रेता खोज्न बाध्य हुने स्पष्ट देखिएको छ । युद्धको जोखिमका कारण कालो सागर भएर हुने ढुवानी रोक्नु पर्ने अवस्था उत्पन्न भएको छ ।
कोरोना भाइरसको महामारीबीच उत्पन्न आपूर्ति समस्या र गहुँ र दूधजन्य उत्पादनको मागमा सुदृढ वृद्धिका कारण गत वर्ष विश्वमा खाद्य वस्तुको भाउ करीब १० वर्षकै उच्च स्तरमा उक्लिएको संयुक्त राष्ट्र संघको खाद्य एजेन्सीले गत वर्ष बताएको थियो ।
यो वर्षको शुरुमा पनि वनस्पति तेलको भाउमा भएको उच्च वृद्धिका कारण खाद्यान्नको भाउ बढेर अहिलेसम्मकै उच्च स्तरमा उकिलएको खाद्य तथा कृषि संगठन (एफएओ)ले यही महीनाको शुरुमा सार्वजनिक गरेको प्रतिवेदनले देखाएको थियो ।
रुस र युक्रेन वनस्पति तेल निर्यातकर्ता पनि हुन् । यी दुई बीचको युद्धले सूर्यमुखी तेलको आपूर्तिमा अनिश्चिय पैदा भएको छ । विश्वभर ढुवानी हुने सूर्यमुखी तेलमा युक्रेन र रुसको अनुपात झन्डै ८० प्रतिशत छ ।
रुस र युक्रेन वनस्पति तेल निर्यातकर्ता पनि हुन् । यी दुई बीचको युद्धले सूर्यमुखी तेलको आपूर्तिमा अनिश्चिय पैदा भएको छ । विश्वभर ढुवानी हुने सूर्यमुखी तेलमा युक्रेन र रुसको अनुपात झन्डै ८० प्रतिशत छ ।
युक्रेनी संकटले पछिल्लो समय पाम तेल र भट्मासको तेलको माग समेत बढाएको छ । तेलको बजारमा मूल्य वृद्धिको फोका उत्पन्न हुने हो कि भन्ने भय पनि बढाएको छ ।
निकट भविष्यमा सूर्यमुखी तेलको भाउ मात्रै नभएर पाम तेल र भट्मासको तेलले पनि नयाँ उचाई छुने विश्लेषक तथा व्यापारीहरुले बताइरहेका छन् ।
यो वर्ष शुरु भएयता मात्रै पाम तेलको भाउ ४४ प्रतिशतले बढिसकेको छ । कोरोना भाइरसको महामारीबीच विश्वमा खाद्यान्नको मूल्य सन् २०१४ यताकै उच्च स्तरमा उक्लिएको छ । यस्तोमा रुस युक्रेन संकटले तेलको भाउ आकाशिँदा ढुवानी खर्च बढ्ने अनि यसको खाद्यान्नको भाउमा पोखिने चिन्ता पनि छ । बिहीवार सन् २०१४ यता पहिलो पटक कच्चा तेलको भाउ बढेर १०५ डलरमाथि उक्लिएको थियो । एजेन्सीहरुको सहयोगमा
यो पनि पढ्नुस- रूस–युक्रेन तनावको असर : नेपाली बजारमा खानेतेलको मूल्य बढ्ने
युक्रेन–रुस संकटले विश्वभरी नै आपूर्तिमा अवरोध आउने आशंका बीच तेलको मूल्य वृद्धि भएको छ ।रुसले पूर्वी युक्रेनको दुई ओटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि मंगलबार उत्तरपश्चिम युरोपको ब्रेन्ट क्रुड (तेल बजार) को अन्तर्राष्ट्रिय मानांक सात वर्ष यताकै उच्च भएको छ । अर्थात् प्रति ब्यारेल ९७.७६ डलर पुुगेको छ । रुसले विद्रोहको नियन्त्रणमा रहेका युक्रेनका पूर्वी भागलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि रुसले उक्त क्षेत्रमा सेना पठाउने आदेश दिएको छ ।एसियाली धितोपत्र बजार प
विश्वव्यापी आपूर्ति शृंखलामा जारी महामारीसिर्जित अभूतपूर्व अवरोधबाट विश्व अर्थतन्त्रले अझै पार पाउन सकेको छैन । आपूर्तिसम्बन्धी अवरोध कायमै छन् । यसले वस्तु तथा सेवामा पहुँचका अलावा मूल्य शृंखलामा समेत विश्वव्यापी दबाब पारिरहेकै...