रुस र युक्रेन बीचको तनावले खाने तेलको मूल्य बढ्यो

रुस र युक्रेन बीचको तनावले नेपालमा खाने तेलको मूल्य ह्वात्तै बढेको छ । स्थानीय बजारमा विशेष गरेर सनफ्लावर (सूर्यमुखी) र सोयाविन (भटमास) तेलको मूल्य पछिल्लो एक सातामा ह्वात्तै बढेको हो । अन्तर्राष्ट्रिय बजारमा तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बढेको कारण पनि तेल उद्योगीले मूल्य बढाएका हुन् ।नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्राचार्यले अहिले युद्धको असरले खाने तेलको कच्चा पदार्थका आपूर्तिमा अवरोध हुँदा अभाव भएकोले मूल्य बढेको बताए । उनले दैनिक रुपमा प्रयोग हुने