पाँचथर : कोभिड–१९ संक्रमणको महामारीमा आयुर्वेदिक चिकित्सा पद्धतिको प्रवर्द्धन आवश्यक देखिएको भए पनि यसतर्फ सम्बद्ध निकायको ध्यान पुगेको छैन। कोभिड–१९ को संक्रमणसँग जुध्न आयुर्वेदिक चिकित्सा पद्धतिको प्रयोग प्रभावकारी हुँदै गएपछि यस पद्धतितर्फ सर्वसाधारणको आकर्षण बढ्न थालेको छ। जनस्तरमा आकर्षण बढेपछि सेवाको प्रवर्द्धनका लागि पर्याप्त बजेट र कार्यक्रमको माग गरिँदै आएको छ तर प्रदेश सरकार मातहतका आयुर्वेद स्वास्थ्य केन्द्रहरुका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा निकै कम