भोजपुर नेकपा एसकी केन्द्रीय उपाध्यक्ष जयन्ती राई (राष्ट्रियसभा सांसद) र सचिवसमेत रहेका प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईको जिल्ला हो । यी दुई प्रभावशाली नेताले भोजपुरलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । तर, एउटासम्म पालिकाको प्रमुख पनि लिन नसकेको भनेर आन्तरिकरूपमै आलोचना र गुनासो सुरू भएको छ ।