काठमाडौं : सत्तारुढ नेकपाका राष्ट्रियसभाका दलका नेता दिनानाथ शर्माले नेकपा फुट्दा आफ्नो मुटु चिरिएको बताएका छन्। आजबाट सुरु भएको सातौँ अधिवेशनमा बोल्दै उनले नेकपा भित्र उत्पन्न स्वार्थका कारणले प्रतिनिधिसभा विघटन हुन पुगेको पनि बताए।‘मेरो राजनीतिक इतिहासको ५५, ५६ वर्षको अनुभव र अहिलेसम्मको यात्रामा पार्टी एकता भएर नेकपा बन्दा खेरी सबैभन्दा खुसी थिएँ। सायद सबै नेपाली जनता खसी थिए, खुसी नहुने कोही थिएन। नहुने केही थिए होला त्यो अलगै कुरा हो। निर्वाचनमा खुसी भएको देखिएको थियो।