नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य दिनानाथ शर्माले नेकपा (एकीकृत समाजवादी) को मन्त्री फिर्ता गर्ने निर्णय अपरिपक्व भएको बताएका छन् । मंगलवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएका हुन् ।उनले ४/५ महिनामा कुनैपनि मन्त्रीले कामको परिणाम दिन नसक्ने भन्दै एउटा निश्चित अवधि काम गर्न पाउने अधिकार मन्त्रीलाई दिनुपर्ने बताए । शर्माले ३÷४ महिनामा पालो पु¥याउनका लागि मात्रै मन्त्री बनाउने काम नगरी देश र जनताको विकासका लागि काम गर्न आवश्यक रहेको बताए । उनले यस किसि