काठमाण्डाै - जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको २६ औँ सम्मेलन कोप-२६ मा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डल बिहान पौने ११ बजे बेलायत जाँदै छ । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवलगायत सरकारका वरिष्ठ अधिकारी सहभागी हुनेछन् ।
कोप–२६ पर्सिदेखि आउँदो २६ गतेसम्म ग्लास्गोमा हुँदैछ । नेपालले जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २६ औँ सम्मेलनलाई जलवायु परिवर्तनका चुनौतीहरु सामना गर्न अन्तर्राष्ट्...