प्रधानमन्त्री देउवा बेलायत जाँदा अदालतको विवाद लम्बिने संकेत

सर्वोच्च अदालतमा उत्पन्न विवाद निरुपण नहुँदै  प्रधानमन्त्री शेरबहादुर देउवा झण्डै एक साता लामो स्कटल्याण्ड भ्रमणमा निस्कने भएपछि यो विवाद थप लम्बिने देखिएको छ । बेलायतको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मेलन (कोप–२६) मा भाग लिन प्रधानमन्त्री देउवा शुक्रबार त्यसतर्फ जाँदैछन् । उनी कात्तिक १८ गते मात्रै स्वदेश फर्कने छन् ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसन देशव्यापी आन्दोलनको घोषणा गर्ने तयारीमा छ भने सर्वोच्च अदालतका १५ जना न्यायाध