काठमाडौं : कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा जारी भएपछि मुलुकमा रगत अभाव भएको छ। निषेधाज्ञाका कारण रगत आपूर्तिमा कठिनाई भएको नेपाल रक्त सञ्चार केन्द्रले जनाएको छ। गत बर्ष बन्दाबन्दीका समयमा पनि यस्तो अभाव भएको थियो।केन्द्रका वरिष्ठ प्राविधिक अधिकृत सञ्जीव यादवले नियमित रगत आवश्यक पर्ने बिरामीलाई पनि रगत उपलब्ध गराउन कठिनाई उत्पन्न भइरहेको जानकारी दिए। यादवका अनुसार अहिले दुर्घटनामा परेका, सुत्केरी महिला वा रेनल डायलासिस गराउनु पर्ने बिरामी बाहेक फालससेमिया, हेमोफिलियाका बि