काभ्रेमा रगत सङ्कलन अभियान

काभ्रे – जिल्लामा रगत अभावका कारण बिरामी जोखिममा पर्ने भएपछि नेपाल रेडक्रस सोसाईटी काभ्रेपलाञ्चोक शाखाले रगत सङ्कलन अभियान सञ्चालन गर्ने भएको छ । विभिन्न रोग तथा सडक दुर्घटनाका बिरामीलाई आवश्यक पर्ने रगत अभाव हुन थालेपछि रेडक्रसले आफ्नो अगुवाइमा रक्तदान कार्यक्रम सञ्चालन गर्न लागेको हो । रेडक्रसको ‘ब्लड बैङ्क’मासमेत रगत अभाव हुन थालेपछि रगत सङ्कलन अभियान […]

सम्बन्धित सामग्री

१०६ युनिट रगत सङ्कलन

रगतको अभाव भएको गुनासो आइरहँदा स्याङ्जाको भिरकोटमा १०६ युनिट रगत सङ्कलन भएको छ । नेपाल तरुण दलले ७२ औँ स्थापना दिवसको अवसरमा गरेको खुला रक्तदान कार्यक्रममा सो रगत सङ्कलन भएको हो ।

आकस्मिक रक्तदानमा ४० युनिट रगत सङ्कलन

पोखरा ।  पोखरामा रगत अभाव देखिएका कारण पोखरा महानगरपालिका वडा नं. ५ जिरो किमीमा आकस्मिक रक्तदान कार्यक्रम गरिएको छ । सोमबार बिहान भएको उक्त रक्तदान कार्यक्रमबाट ४० युनिट रगत सङ्कलन भएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन बहादुर थापाले पोखरामा रगत अभाव देखिएको अवस्थामा स्वस्फूर्त सहभागिता प्रति आभार व्यक्त गरेका […]

टीकापुर अस्पतालमा रगत खपत बढ्यो :‘कम्पोनेन्ट सेटअप मेसिन’को अभाव

टीकापुर, १६ साउन । कैलालीस्थित नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले एक वर्षमा दुई हजार तीन सय ६९ पिन्ट रगत वितरण गरेको छ । केन्द्रले विसं २०७९ साउनदेखि २०८० असारसम्ममा दुई हजार चार सय ६० पिन्ट रगत सङ्कलन भए पनि दुई हजार तीन सय ६९ पिन्ट रगत वितरण गरेको हो । बाँकी रगत […]

ललितपुर मोबाइल व्यवसायी सङ्घले गरेको रक्तदान कार्यक्रममा ५४ पिन्ट रगत सङ्कलन

ललितपुर – ललितपुर मोबाइल व्यवसायी सङ्घले दोस्रो स्थापना दिवसको अवसरमा रक्तदानसहितका विविध कार्यक्रम गरेको छ ।  लायन्स क्लब अफ जावलाखेल फ्रेन्ड्स, सिभिल बैंक र धनलक्ष्मी सहकारी संस्थाको सह–आयोजनामा सङ्घले जावलाखेलको उग्रचण्डी पार्टी प्यालेसमा रक्तदान र आँखा शिविर कार्यक्रम गरेको हो । रक्तदानमा ५४ पिन्ट रगत सङ्कलन भएको छ । यस्तै ५७ जनाले आँखा जाँच गराएका ललितपुर मोबाइल व्यवसायी सङ्घका अध्यक्ष सन्तोष घिमिरेले जानकारी दिनुभयो ।  शिविरमा ४८ जनाले दाँतको जाँच गराएका छन् । सङ्घले गएकाे वर्ष पनि विविध क...

रगत सङ्कलन अभियान

काठमाडौँ,१६ जेठ । पर्साको वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रमा पछिल्लो पटक मागको अनुपातमा रगत अभाव देखिन थालेपछि यसको माग सहज गर्न सङ्कलन अभियान थालिएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रका अनुसार केन्द्रमा हरेक समूहको रगतको अभाव देखिन थालेपछि विभिन्न सङ्घ संस्थाको सहकार्यमा रक्तदानमार्फत सङ्कलन अभियान थालिएको हो । केन्द्रमा मौज्दात रगत सकिँदा जटिल र गम्भीर […]

७२ पिन्ट रगत सङ्कलन

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा बुधबार रक्तदान कार्यक्रम गरिएको छ । लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले आयोजना गरेको कार्यक्रममा ७२ पिन्ट रगत सङ्कलन गरिएको हो ।  लायन्समा आबद्ध सदस्य, उद्योगी, व्यवसायी, कर्मचारीले रक्तदान गरेको क्लबका अध्यक्ष विष्णुबहादुर रानाले जानकारी दिए । कोरोना कहरले पर्याप्त मात्रामा रक्तदानको कार्यक्रम नहुँदा रगतको अभाव भएकाले रक्तदान कार्यक्रम गरिएको उनले बताए । “रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान आयोजना गरेका हौँ”, उनले भने। न...

धनगढीमा ३५० पिन्ट रगत सङ्कलन

सुरक्षित मातृत्व सञ्जाल महासङ्घले कोरोना महामारीबीच धनगढीमा आयोजना गरेको एकमहिने रक्तदान कार्यक्रमअन्तर्गत आज अन्तिम दिनसम्म ३५० पिन्ट रगत सङ्कलन भएको छ । धनगढी उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा महासङ्घले यही जेठ १ गतेबाट शुरू गरेको रक्तदान कार्यक्रमको ३०औँ दिनसम्म ३५० पिन्ट रगत सङ्कलन भएको सुरक्षित मातृत्व सञ्जाल महासङ्घका अध्यक्ष तपेन्द्र भुसालले जानकारी दिए। कोरोना महामारीबीच कुनै पनि रगतको आवश्यकता भएका मानिसलाई अभावका कारण अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएक...

डोटीमा रगत सङ्कलन अभियान शुरू

डोटी नेस । बिरामीका लागि जिल्लामा पटक–पटक रगत अभाव हुन थालेपछि नेपाल रेडक्रस सोसाइटीको सहयोगमा जिल्लामा रगत सङ्कल गर्ने अभियान थालिएको छ । जिल्लामा बल्ड बैंक नभएका कारण सुत्केरी हुँदा होस वा कोही मानिस बिरामी पर्दा होस् रगत दिनहुँ आवश्यक पर्न थालेपछि नेपाली कांग्रेसले रगत सङ्कलन अभियान शुरुआत गरेको हो । रगतको आवश्यकता पर्दा सेना, […]

डोटीमा रगत सङ्कलन अभियान सुरु

विमल विष्ट, डोटी । बिरामीका लागि जिल्लामा पटक पटक रगत अभाव हुँन थालेपछि नेपाल रेडक्रस सोसाइटीको सहयोगमा जिल्लामा रगत सङ्कल गर्ने अभियान थालिएको छ । जिल्लामा बल्ड बैंक नभएका कारण सुत्केरी हुँदा होस वा कोही मानिस बिरामी पर्दा होस रगत दिनहुँ आवश्यक पर्न थालेपछि नेपाली काग्रेसले रगत सङ्कल अभियान सुरुवात गरेको हो । रगतको आवश्यकता […]

माग घट्दासमेत अस्पतालमा रगत अभाव : दैनिक ६० प्रतिशत मात्रै रगत सङ्कलन

काठमाण्डाै – अस्पतालमा रगतको अभाव बढ्दै गएको छ । रक्तदान कार्यक्रम सञ्चालन गर्न नसकिएको र कतिपय रगत सङ्कलन अभियान पनि स्थगित भएकोले अभाव बढेको केन्द्रीय रक्त सञ्चार केन्द्रका निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक ६० प्रतिशत मात्रै रगत सङ्कलन भइरहेको छ । सामान्य समयमा दैनिक दुईदेखि तीनसय यूनिटसम्म रगत माग हुने गरेकोमा अहिले दैनिक एकसय युनिटको हाराहारीमा मात्रै माग हुने गरेको छ । तर पनि अस्पतालमा रगत अभाव हुँदा बिरामी समस्यामा परेका निर्देशक पौडेलले बताउनुभयो । अहिले काठमाण्डौ र बाहिर...