गिजाबाट रगत बग्ने समस्याले धेरैलाई सताएको हुन्छ । सामान्यतया तथा कहिलेकाहीँ कडा ब्रसले दाँत माझ्दा, जुन पायो त्यही मञ्जनले दाँत माझ्दा, गिजामा चोटपटक लागेमा रगत आउन सक्छ । त्यस्तै धेरै चिसो, अनि तातो खानेकुरा खाँदा, केही रासायनिक औषधि आदिको प्रयोगले पनि गिजाबाट रगत आउँछ । यद्यपि यी बाहेक अन्य समस्याका कारण गिजाबाट रगत आएमा सामान्य मान्न नहुने विशेषज्ञहरु बताउँछन् ।सर्जिकल ओन्कोलोजी सोसाइटी अफ नेपालका अध्यक्ष तथा सर्जन डा. प्रकाशराज न्यौपानेले क्याक्टेरियाको सङ्क्रमणले मुखमा इन्फेक्सन भई गि