पाकिस्तानलाई हराउँदै इंग्ल्याण्डले एकदिवसीय शृङ्खला जित्यो

इंग्ल्याण्डले दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा हराउँदै पाकिस्तान विरुद्धको तीन खेलको शृङ्खला जितेको छ । शृङ्खलाको तेस्रो तथा अन्तिम खेल हुन बाँकी नै छ । इंग्ल्याण्डले प्रस्तुत गरेको २४७ रनको लक्ष्य पछ्याउँदै पाकिस्तान ४१ ओभरमा मात्र १९५ रनमा समेटिन पुग्दा उसले ५१ रनको हारको सामना गर्नुपर्यो । पाकिस्तानका लागि साउद शकीलले बनाउनुभएको ५६ रन नै सर्बाधिक ब्यक्तिगत् योगफल रहन गयो । हसन अलिले ३१ रन बनाउनुभयो । इंग्ल्याण्डका लागि शकिब महमूद, क्रैग ओभर्टन र म्याट्ट पार्किन्सनले सामान दुई दुई तथा लेविस ग्रेगोरीले तीन विकेट लिए । ब्राइडन कार्सले एक विकेट लिनुभयो ।

सम्बन्धित सामग्री

बङ्गलादेशसँगकाे एकदिवसीय शृङ्खला न्युजिल्यान्डले जित्याे

काठमाण्डाै – बङ्गलादेशसँगकाे तीन खेलकाे एकदिवसीय क्रिकेट शृङ्खला न्युजिल्यान्डले २–० ले जितेकाे छ । आज ढाकामा भएकाे तेस्राे तथा अन्तिम खेलमा घरेलु टाेलीलाई ७ विकेटले हराउँदै न्युजिल्यान्डले शृङ्खला २–० ले जितेकाे हाे । बङ्गलादेशले दिएकाे १ सय ७२ रनकाे सामान्य लक्ष्य न्युजिल्यान्डले ३४ ओभर ५ बलमा ३ विकेट गुमाएर भेटायाे । न्युजिल्यान्डका लागि विल याेङले ७० र हेनरी निकाेलसले नटआउट ५० रन बनाए । बलिङतर्फ बङ्गलादेशका शाेरिफुल इस्लामले २ विकेट लिए ।  यसअघि टस जितेर ब्याटिङ गरेकाे बङ्गलादेश ३४ ओभर ३...

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो शृङ्खला

काठमाडौं । शृङ्खलामा भारतलाई २१ रनले पराजित गर्दै अस्ट्रेलियाले तीन खेलको एकदिवसीय शृङ्खला २–१ ले जितेको छ । भारत भ्रमणमा रहेको अस्ट्रेलियन टिमले वाङ्खडे स्टेडियममा पाँच विकेटले पराजित हुँदै शृङ्खलाको सुरुआत गरेको थियो। तर, आइतबार भिसाकापट्नममा भारतविरुद्ध १० विकेटको शानदार जित निकाल्दै अष्ट्रेलियाले शृङ्खला १–१ ले बराबरी गरेको थियो । बिहीबार चेन्नईमा भएको निर्णायक एकदिवसीय […]

भारतलाई ५ रनले हराउँदै बङ्गलादेशले जित्याे एकदिवसीय शृङ्खला

काठमाण्डाै – भारतसँगकाे एकदिवसीय क्रिकेट शृङ्खला बङ्गलादेशले जितेकाे छ । मिरपुरमा भएकाे दाेस्राे एकदिवसीय खेलमा बङ्गलादेशले भारतलाई पाँच रनले हराउँदै शृङ्खला जितेकाे हाे । बङ्गलादेशले दिएकाे दुई सय ७२ रनकाे लक्ष्य पछ्याएकाे भारतले निर्धारित ५० ओभरमा नाै विकेट गुमाएर दुई सय ६६ रनमात्र बनाउन सक्याे । भारतका लागि श्रेयस अय्यरले ८२, अक्षर पटेलले ५६ र राेहित शर्माले नटआउट ५१ रन बनाए । बलिङतर्फ बङ्गलादेशका इबादत हाेसैनले तीन विकेट लिए ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे बङ्गलादेशले ५० ओभरमा...

नेपालले जित्याे यूएईसँगकाे एकदिवसीय शृङ्खला

काठमाण्डाै – यूएईलाई हराउँदै नेपालले एकदिवसीय शृङ्खला जितेकाे छ । आज शुक्रवार भएकाे तेस्राे तथा अन्तिम खेलमा यूएईलाई छ विकेटले हराउँदै नेपालले शृङ्खला जितेकाे हाे । यूएईले दिएकाे एक सय ७७ रनकाे लक्ष्य नेपालले ४० ओभर १ बलमा चार विकेट गुमाएर भेटायाे । नेपालका लागि आसिफ शेखले नटआउट ८८ रन र ज्ञानेन्द्र मल्लले ६४ रन बनाए । बलिङतर्फ यूएईका हजरत बिलाल र आयान अफजल खानले एक/एक विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा नाै विकेट गुमाएर एक ...

केन्यासँगकाे एकदिवसीय शृङ्खलामा नेपालकाे 'क्लिन स्वीप' !

काठमाण्डाै – केन्यासँगकाे एकदिवसीय अभ्यास खेलकाे शृङ्खला नेपालले 'क्लिन स्वीप' गरेकाे छ । आज भएकाे तेस्राे तथा अन्तिम खेलमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले एकदिवसीय शृङ्खला जितेकाे हाे । केन्याले दिएकाे दुई सय ५६ रनकाे लक्ष्य नेपालले ४७ ओभर १ बलमा चार विकेट गुमाएर भेटायाे । नेपालका लागि अर्जुन साउदले ५८, आसिफ शेखले ५६, बसिर अहमदले ५२, राेहित पाैडेलले ४६ र ज्ञानेन्द्र मल्लले ३३ रन बनाए । बलिङतर्फ केन्याका भिराज पटेलले दुई तथा शेम एनगोचे र याश तालातीले एक/एक विकेट लिए ।यस...

एक खेलअघि नै पाकिस्तानले जित्याे वेस्ट इन्डिजसँगकाे एकदिवसीय शृङ्खला

काठमाण्डाै – वेस्ट इन्डिजसँगको एकदिवसीय शृङ्खला घरेलु टोली पाकिस्तानले जितेको छ । मुल्तान क्रिकेट मैदानमा गएराति भएको दोस्रो एकदिवसीयमा वेस्टइन्डिजलाई एक सय २० रनले हराउँदै पाकिस्तानले एक खेलअघि नै शृङ्खला जितेको हो ।  टस जितेर पहिला ब्याटिङ गरेकाे पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २ सय ७५ रन बनाएको थियो । उसका बाबर आजमले सर्वाधिक ७७ रन बनाएर । इमाम उल हक ७२ रनमा आउट भए । वेस्टइन्डिजका अकिल हुसैनले तीन, एन्डरसन फिलिप र अल्जारी जोशेफले दुई/दुई विकेट लिए ।  जितका लागि दुई सय ७६ र...

अफगानिस्तानलाई ८८ रनले हराउँदै बङ्गलादेशले जित्यो शृङ्खला

काठमाण्डाै – अफगानिस्तानसँगकोे तीन खेलको एकदिवसीय शृङ्खला बङ्गलादेशले जितेको छ । आज चितागोङमा भएको दोस्रो एकदिवसीय खेलमा अफगानिस्तानलाई ८८ रनले हराएसँगै बङ्गलादेशले एक खेलअघि नै दुई–शून्यले शृङ्खला जितेको हो । बङ्गलादेशले दिएको तीन सय सात रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४५ ओभर १ बलमा दुई सय १८ रन बनाउँदै अलआउट भयो । उसका लागि नजिबुल्लाह जदरनले ५४, रहमत शाहले ५२ र मोहम्मद नाबीले ३२ रन बनाए पनि अन्य खेलाडीले राम्रो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ बङ्गलादेशका शाकिब अल हसन र तस्किन अहमदले दुई–दु...

अष्ट्रेलियाले एकदिवसीय शृङ्खला जित्यो

अष्ट्रेलियाले वेष्टइन्डिज विरुद्धको एकदिबसीय शृङ्खला २–१ ले जितेको छ । तेस्रो, अन्तिम तथा निर्णायक एकदिवसीय खेलमा अष्ट्रेलियाले वेष्टइन्डिजलाई छ विकेटले हराउँदै शृङ्खला आफ्नो पक्षमा पारेको हो । टी ट्वान्टी शृङ्खला भने वेष्टइन्डिजले जितेको थियो । वेष्टइन्डिजले प्रस्तुत गरेको १५३ रनको झिनो लक्ष्य अष्ट्रेलियाले खेल सकिन २० ओभर बाँकी छँदा मात्र चार विकेटको क्षतिमा १५३ रन बनाएर पुरा गर्यो । अष्ट्रेलियाको पारीमा म्याथ्यु वाडेले सर्बाधिक ५१ रनको योगदान दिनुभयो ।