एक खेलअघि नै पाकिस्तानले जित्याे वेस्ट इन्डिजसँगकाे एकदिवसीय शृङ्खला

काठमाण्डाै – वेस्ट इन्डिजसँगको एकदिवसीय शृङ्खला घरेलु टोली पाकिस्तानले जितेको छ । मुल्तान क्रिकेट मैदानमा गएराति भएको दोस्रो एकदिवसीयमा वेस्टइन्डिजलाई एक सय २० रनले हराउँदै पाकिस्तानले एक खेलअघि नै शृङ्खला जितेको हो ।  टस जितेर पहिला ब्याटिङ गरेकाे पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २ सय ७५ रन बनाएको थियो । उसका बाबर आजमले सर्वाधिक ७७ रन बनाएर । इमाम उल हक ७२ रनमा आउट भए । वेस्टइन्डिजका अकिल हुसैनले तीन, एन्डरसन फिलिप र अल्जारी जोशेफले दुई/दुई विकेट लिए ।  जितका लागि दुई सय ७६ र...

सम्बन्धित सामग्री

भारत र वेस्ट इन्डिज आज तेस्रो टी–२० खेल्दै

काठमाण्डाै - भारत र वेस्ट इन्डिजबीचको तेस्रो टी–२० आज हुँदैछ । यो खेल बेलुका सवा ८ बजे शुरु हुनेछ । पाँच खेलको टी–२० शृङ्खलामा घरेलु टोली वेस्ट इन्डिजले २–० को अग्रता बनाएको छ । आजको खेल जितेमा वेस्ट इन्डिजले शृङ्खला जित्नेछ । शृङ्खला जोगाइराख्न भारतलाई आज जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिजले पहिलो खेल ४ रन र दोस्रो खेल दुई विकेटले जितेको थियो । चौथो खेल शनिवार र पाँचौँ तथा अन्तिम टी–२० आइतवार हुनेछ । यसअघि भएको तीन खेलको एकदिवसीय शृङ्खला पाहुना टोली भारतले २–१ ले...