काठमाण्डाै – बङ्गलादेशसँगकाे तीन खेलकाे एकदिवसीय क्रिकेट शृङ्खला न्युजिल्यान्डले २–० ले जितेकाे छ ।
आज ढाकामा भएकाे तेस्राे तथा अन्तिम खेलमा घरेलु टाेलीलाई ७ विकेटले हराउँदै न्युजिल्यान्डले शृङ्खला २–० ले जितेकाे हाे । बङ्गलादेशले दिएकाे १ सय ७२ रनकाे सामान्य लक्ष्य न्युजिल्यान्डले ३४ ओभर ५ बलमा ३ विकेट गुमाएर भेटायाे । न्युजिल्यान्डका लागि विल याेङले ७० र हेनरी निकाेलसले नटआउट ५० रन बनाए । बलिङतर्फ बङ्गलादेशका शाेरिफुल इस्लामले २ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेकाे बङ्गलादेश ३४ ओभर ३...