केन्यासँगकाे एकदिवसीय शृङ्खलामा नेपालकाे 'क्लिन स्वीप' !

काठमाण्डाै – केन्यासँगकाे एकदिवसीय अभ्यास खेलकाे शृङ्खला नेपालले 'क्लिन स्वीप' गरेकाे छ । आज भएकाे तेस्राे तथा अन्तिम खेलमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले एकदिवसीय शृङ्खला जितेकाे हाे । केन्याले दिएकाे दुई सय ५६ रनकाे लक्ष्य नेपालले ४७ ओभर १ बलमा चार विकेट गुमाएर भेटायाे । नेपालका लागि अर्जुन साउदले ५८, आसिफ शेखले ५६, बसिर अहमदले ५२, राेहित पाैडेलले ४६ र ज्ञानेन्द्र मल्लले ३३ रन बनाए । बलिङतर्फ केन्याका भिराज पटेलले दुई तथा शेम एनगोचे र याश तालातीले एक/एक विकेट लिए ।यस...