सभामुख र निर्वाचन आयोगविरूद्ध एमालेको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा

नेपाल कम्युनिस्ट पार्टी एमालेले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिट निवेदन आइतबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । उक्त रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा पेसी तोकेको थियो । तर, इजलासमा उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।गत बुधबार सर्वोच्च अदालतमा एमालेले निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध रिट निवेदन दर्ता

सम्बन्धित सामग्री

संवैधानिक निकायमा ५२ जनाको नियुक्तिविरुद्धको रिट निवेदन हेर्न नभ्याइने सूचीमा

काठमाडौं । अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्ति बदर गर्न मागसहित दर्ता भएको रिट निवेदन सर्वोच्च अदालतको संवैधानिक इजलासमा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । २०७७ मंसिर १ गते सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइका लागि आज पेसी तोकिएको थियो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीशहरु डा आनन्दमोहन […]

सिंहदरबारको फोहोर नउठाएको विरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौँ – महानगरले फोहोर नउठाएको विषयमा नपरेको रिट निवेदन ‘हेर्न नभ्याइने’ भएको छ। अधिवक्ता पदमबहादुर श्रेष्ठले सिंहदरबारसहित राज्यका मुख्य निकायको फोहोर नउठाउने काठमाडौँ महानगरपालिकाको काम विरुद्ध अन्तरिम आदेशको माग गर्दै सोमबार रिट निवेदन दिएका थिए। बुधबार कायम मुकाय प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा पेशी परे पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ। आफ्नो कामलाई संघीय सरकारले […]

आलमको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

नेपाली काँग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सर्वोच्च अदालतमा सुनुवाइका लागि शुक्रबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।उनको मुद्दा न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा परेको थियो । विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग समेतमा विपक्षी बनाइएका आलमले धरौटीमा थुना मुक्त भएर सुनुवाइ प्रक्रियामा सामेल हुन माग गर्दै रिट निवेदन दिएका थिए ।२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा र

ओलीको रिट ‘हेर्न नभ्याइने’ मा

काठमाडौं, पुस १३ । एमाले अध्यक्ष केपी शर्मा ओलीले गत भदौमा माधवकुमार नेपालको नयाँ दल र कारबाही गरिएका प्रतिनिधिसभा सदस्य (सांसद) को पद बदरको माग गर्दै सर्वोच्च अदालतमा दर्ता गराएको रिट निवेदन सोमबार ‘हेर्न नभ्याइने’ मा परेको छ। गोला प्रक्रियाबाट न्यायाधीशद्वय तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा परेको सो मुद्दा हेर्न नभ्याइनेमा परेको हो। […]

एमाले अध्यक्ष ओलीको मुद्दा हेर्न नभ्याइने सूचीमा

सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भनिएको नेकपा (एमाले) ले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध दिएको रिट निवेदन हेर्न नभ्याइने सूचिमा परेको छ।...

ओलीको रिट ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख लगायतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदन आज (सोमबार) ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश मीरा खड्काको संयुक्त इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको थियो । तर इजलासले सो रिट निवेदनलाई ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ […]

ओलीको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख लगायतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदन सोमबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश मीरा खड्काको संयुक्त इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको थियो । तर इजलासले सो रिट निवेदनलाई ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।ओलीले एमालेबाट कारवाही गरिएका १४ सांसदलाई निर्वाचन आयोगले अलग दल दर्ताका लागि सनाखत गराएको र एमालेबाट कारवाही गरी संसद सचिवालयलाई जानक

महाधिवेशन रोक्न परेको रिट हेर्न नभ्याइने

सर्वोच्च अदालतले नेपाली कांग्रेसको १४ औं महाधिवेशन रोक्न माग गर्दै परेको रिट निवेदन हेर्न नभ्याइने सूचीमा राखेको छ । कांग्रेस वागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले महाधिवेशन रोक्न रिट हाल्नुभएको थियो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा आइतबार उक्त रिटको पेशी तोकिएकोमा वैद्यले दायर गर्नुभएको उक्त रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो । …

कुलमानविरुद्धको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति विरुद्धको रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार सर्वोच्च अदालतमा पेसी तोकिएको पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा उक्त रिट निवेदनको पेसी तोकिए पनि उक्त रिट निवेदन आइतबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमानको नियुक्तिविरुद्ध रिट निवेदन दायर गरेका थिए । आफूलाई गैरकानुनी रूपमा हटाएर सरकारले

महन्थ ठाकुरको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा

जसपा विवादबारे महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमाथि सोमबारका लागि पेसी तोकिए पनि सुनुवाई हुन सकेन । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा तोकिएको उक्त रिट निवेदन सोमबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।निर्वाचन आयोगले जसपा नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुरले आयोग र उपेन्द्र यादव समेतलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् ।रिट निवेदनमा आयोगले जसपाको आधिकारिताबारे गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।यसअघि जसपाको आधिकारिकता सम्बन्धी विवा