जसपा विवादबारे महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमाथि सोमबारका लागि पेसी तोकिए पनि सुनुवाई हुन सकेन । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा तोकिएको उक्त रिट निवेदन सोमबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।निर्वाचन आयोगले जसपा नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुरले आयोग र उपेन्द्र यादव समेतलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् ।रिट निवेदनमा आयोगले जसपाको आधिकारिताबारे गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।यसअघि जसपाको आधिकारिकता सम्बन्धी विवा