बैतडीमा पहिरोले ७ घर विस्थापित, बस्ती नै जोखिममा

बैतडी :  लगातारको वर्षाका कारण बस्तीमाथिबाट पहिरो खस्दा  बैतडीको पञ्चेश्वर गाउँपालिका २  गैरटोलका ७  घरपरिवार विस्थापित भएका छन्। शनिबार बिहान खसेको पहिरोले स्थानीय कृष्णराम औजीको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको हो।  बस्तीमा पहिरो खसेपछि कृष्णसंगै जोखिममा रहेका अन्य ६ परिवार पनि विस्थापित भएका पञ्चेश्वर गाउँपालिका २ का वडाध्यक्ष दशरथ मंगोलाले बताए। 'विस्थापित भएका परिवारलाई अहिले देवथला माविको भवनमा राखिएको छ', उनले भने,‘पहिरोले ७ परिवार विस्थापित

सम्बन्धित सामग्री

पहिरोको जोखिम बढेपछि फालेलुङमा ६ परिवार विस्थापित

पहिरोको जोखिम बढेपछि पाँचथरको फालेलुङ गाउँपालिका-३ को एउटै टोलका ६ घरका २० जना सदस्य विस्थापित भएका छन् । फालेलुङ-३ पुछार टोलको बस्ती नै जोखिममा पर्ने गरी घर माथि जमिन चर्केपछि यत्तिका घर विस्थापित भएका हुन् ।

ट्यांग्रा खोलाले बस्ती कटान गर्दा ६ घर विस्थापित, नगरबासीले घेरे वडा कार्यलय

ट्यांग्रा खोलाले इटहरी उपमहानगरपालिका- १३ का बस्तीमा कटान गर्दा ६ घर विस्थापित भएका छन् । अन्य एक दर्जन बढी घरहरु पनि उच्च जोखिममा रहेका छन् ।

सत्र घर विस्थापित

लगातारको वर्षा र पहिरोका कारण दोलखाका ग्रामीण बस्ती जेखिममा परेका छन्। स्थानीय प्रशासनका अनुसार पहिरोले घर बगाउँदा १७ परिवार विस्थापित भएका छन्। पहिरोका कारण २८३ घर जोखिममा परेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ। प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाका अनुसार बिगु गाउँपालिकामा २५ घर, तामाकोसी गाउँपालिकाको मालुमा ११ घर, मेलुङ गाउँपालिकामा तीन घर, शैलुङ गाउँपालिकामा दुई घर, बैत्येश्वर गाउँपालिकामा एक घर विस्थापित भएका छन्। पहिरोले मालुखोला बजार र सिँगटीको खोलीखिम बजारमा क्षति पु-याएको छ।

झापाको चाँजुखोलाले बस्ती कटान गर्न थाल्यो

विराटनगर । अविरल वर्षासँगै झापाको कमल गाउँपालिका– ५ स्थित चाँजुखोलामा आएको बाढीले बस्ती कटान गर्न शुरु गरेको छ ।  कमल गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लालबहादुर विष्टले दिएको जानकारीअनुसार गएरातिबाट नै चाँजुखोलामा बाढी उर्लिएको हो । वडाका सात घर विस्थापित हुने अवस्था आएको भन्दै उनले बस्ती कटानको उच्च जोखिममा परेको बताए...

तातोपानी बजार र दुखुबेँसीगाउँ संरक्षणका लागि बजेट माग

गलेश्वर । म्याग्दी नदीको कटानका कारण जोखिममा परेको बेनी नगरपालिका–४स्थित उपल्लो तातोपानी बजार र मालिका गाउँपालिका–६, दुखुबेँसीगाउँ संरक्षणका लागि नेपाल सरकारसँग बजेट माग गरिएको छ । नेपाली कांग्रेसका जिल्लासभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले सिंगो तातोपानी बजार नै कटानको जोखिममा परेकाले तत्काल बजेट विनियोजन गरी बजार संरक्षणका लागि संघीय सरकारबाट यथेष्ट बजेट विनियोजनको माग गर्दै प्रधानमन्त्री देउवालाई अनुरोधसहित वस्तुगत विवरण हस्तान्तरण गरेका छन् ।      बजार संरक्षणमा अहिलेसम्म बजेट नराखिएकाले यसपटक संरक्षणको काममा ढिलाइ भए अबको बर्खामा थप क्षति हुने जानकारी समेत प्रधानमन्त्री देउवालाई गराइएको उनले जानकारी दिए । तातोपानीको मसार बस्तीका १४ घरमध्ये आठ घर विस्थापित हुनाका साथै अन्य घरधुरीसमेत जोखिममा रहेका छन् । नदीले धार परिवर्तन गरेर बस्ती कटान गर्न थालेको अवस्थामा बर्खा अगाडि नै मुख्य जोखिम स्थानमा संरक्षणको काम गर्नुपर्ने स्थानीयवासीको भनाइ थियो । यसअगाडि नेपाली कांग्रेसका नगर सभापति रवीन्द्र केसीमार्फत राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई बजार संरक्षणका लागि दीर्घकालीन योजनाको माग गदैं ज्ञापनपत्र बुझाइएको थियो ।      तातोपानी बस्ती संरक्षणका लागि नगरपालिका र गण्डकी प्रदेशबाट प्राविधिक ल्याएर डिपिआरको कामसमेत भएको थियो भने नगरपालिका र जिल्लाका राजनीतिक दलले समेत राहत वितरण गरेका थिए । यसैबीच मालिका गाउँपालिका–६ दरबाङको तल्लो दुखुमा नदी कटानबाट संरक्षणका लागि पनि रु १ करोड ५० लाख बजेट माग गर्दै सभापति गर्बुजा र पालिका अध्यक्ष श्रीप्रसाद रोकाले प्रधानमन्त्रीमार्फत सम्बन्धित मन्त्रालयमा बजेट माग गरेका थिए । रासस

पहिरोका कारण बस्ती जोखिममा, ११ घर पुरिए

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–५ लापिलाङको खहरे रानीवनमा गएको पहिरोका कारण बस्ती नै जोखिममा परेको छ । पहिरोले सयौं घर विस्थापित भएका छन् भने गत वर्ष ९ र अहिले २ गरी ११ घर पुरिएका छन् । गत सालबाट आएको रानीवन पहिरो नियान्त्रणतर्फ कसैको ध्यान नगएको कारण सयाैँ घर विस्थापित र हजारांै रोपनी खेतीयोग्य जमिन […] The post पहिरोका कारण बस्ती जोखिममा, ११ घर पुरिए appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पहिराले छ घर विस्थापित

पर्वतको जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट खसेको पहिराले पाँच बस्ती जोखिममा परेका छन् । बस्तीभन्दा माथिको पहाडको डिल चिरा परेर जङ्गलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै छ घरपरिवारसमेत विस्थापित भएका छन् ।

पहिराले छ घर विस्थापित

पर्वतको जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट खसेको पहिराले पाँच बस्ती जोखिममा परेका छन् । बस्तीभन्दा माथिको पहाडको डिल चिरा परेर जङ्गलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै छ घरपरिवारसमेत विस्थापित भएका छन् ।