पहिरोको जोखिम बढेपछि पाँचथरको फालेलुङ गाउँपालिका-३ को एउटै टोलका ६ घरका २० जना सदस्य विस्थापित भएका छन् । फालेलुङ-३ पुछार टोलको बस्ती नै जोखिममा पर्ने गरी घर माथि जमिन चर्केपछि यत्तिका घर विस्थापित भएका हुन् ।
बाढी पहिरोको जोखिम बढेसँगै पाँचथरको याङ्वरक गाउँपालिकाका २ वटा वडाबाट ९६ घर परिवार विस्थापित भएका छन । वडा नम्बर ३ मा ५४ र वडा नम्बर २ मा ४२ घरका परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।
गत ७ असारमा भारी वर्षापछि आएको पहिरोमा पुरिएर चम्पादेवी गाउँपालिका– ८ विलन्दुमा एकै परिवारका चारजनाको मृत्यु भयो । विलन्दु गुरुङगाउँका ३४ परिवार विस्थापित भए । अझै १० घर उच्च जोखिममा छन् ।
मनसुन सुरुलगत्तै...
बाजुरा । हिमाली गाउँपालिका क्युडी गाउँमा पहिरो गएको छ । गत साता देखि निरन्तर पहिरो जाँदा ९४ भन्दा बढी परिवार विस्थापित भएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए । पहिरोको जोखिम बढेपछि केही दिन यता स्थानीयहरू जरगाउँको चौरमा त्रिपाल टाँगेर रात बिताउन बाध्य छन् । बाजुराको सर्वाधिक विकट क्युडीकमा टेलिफोन सञ्चार पनि नहुँदा समयमा जानकारी नआएको अधिकृत भण्डारीले बताए । ढिलो गरी सूचना प्राप्त भए पनि मानवीय क्षति भने नभएको उनले जानकारी दिए ।