प्रधानन्यायाधीश जबराको राजीनामा तत्काललाई टर्यो

काठमाडौं, ११ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अहिले चर्चाको शिखरमा छन् । नेपाल बार एशोशिएसन, पूर्व न्यायाधीश फोरम नेपाल, चार पूर्वप्रधानन्यायाधीशलगायत केही नागरिक अगुवाहरुले उनको राजीनामा मागिरहेका छन् । सर्वोच्च अदालतका बहुमत न्यायाधीशहरुले पनि जबरालाई राजीनामाका लागि दबाब बढाएका छन् । अधिकांशले इजलाश बहिष्कार गरेका छन् । केही भने बिदामा बसेका छन् । तर, […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारको आन्दोलन जारी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आफ्नो आन्दोलन जारी राखेको छ। आइतबार पनि सर्वोच्च अदालत परिसरमा बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलन गरेको हो। आन्दोलनपछि सञ्चारकर्मीहरुसँग बोल्दै...

‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा देऊ’

२५ कात्तिक, काठमाडौं । आन्दोलनरत कानुन व्यवसायीहरुले बिहीबार सर्वोच्च अदालत परिसरमै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध चर्को नाराबाजी गरेका छन् । बिहीबार अदालत परिसरमा धर्ना दिन पुगेका कानुन व्यवसायीहरुले ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे !’ भन्दै नाराबाजी गरेका हुन् । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीशलाई भ्रष्ट भन्दै नारा लगाएको उनले पहिलो पटक सुनेका हुन् […]

राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई बारको समयसीमा

काठमाण्डाै – नेपाल बार एसाेसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन पाँच दिनको समयसीमा (अल्टिमेटम) दिएको छ ।यसअघि नै प्रधानन्यायाधीश जबराको राजीनामा मागेको बारले आज शुक्रवार कार्यसमितिको बैठकबाट आन्दोलनका कार्यक्रम घोषणा गरी राजीनामा दिन अल्टिमेटम दिएको हो ।पर्सि आइतवारदेखि बुधवारसम्म बिहान १० देखि ११ बजेसम्म कालो पट्टी बाँधेर सर्वोच्चमा विरोध कार्यक्रम गर्ने र १६ गते बारको प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने बारको निर्णय छ । बारले प्रधानन्यायाधीश जबरालाई इजलासमा नबस्न माग गरेको छ ।बारले तय ग...

प्रश्न उठेका सबैले राजीनामा दिए म पनि तयार छु : प्रधानन्यायाधीश जबरा

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिए आफू पनि तयार रहेको बताएका छन्। मंगलबार १५ न्यायाधीशसँगको भेटमा प्रधानन्यायाधीश जबराले यस्तो बताएका हुन्। ‘सडकका आवाजका भरमा म राजीनामा दिन्नँ‚’ न्यायाधीशहरूलाई प्रधानन्यायाधीशले भने, ‘यहाँ विवाद र प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिए म पनि तयार छु।’उनले आफू संवैधानिक बाटोबाट आएकाले व्यवस्थाअनुसार नै कायम रहने स्पष्ट पारे। छलफलमा न्यायाधीशहरूले प्रधानन्याय

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिने

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पदबाट राजीनामा नदिने बताएका छन् ।

न्यायाधीशहरूसँग प्रधानन्यायाधीश राणाले भने- म राजीनामा दिन्नँ

‘सडकबाट कसैले राजीनामा माग्दैमा मैले राजीनामा दिन्नँ, त्यसले नेपालको न्यायपालिकालाई राम्रो गर्दैन,’ प्रधानन्यायाधीश राणाले छलफलमा भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो।

म राजीनामा दिन्नँ, तपाईँहरुले पनि दिने भए सोचौँला : प्रधानन्यायाधीश

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सहकर्मी न्यायाधीशहरुसँग आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् । अघोषित रुपमा इजलास बहिष्कार गरेर सामूहिक छलफलमा जुटेका सर्वोच्चका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश राणालाई भेटेर राजीनामा दिन आग्रह गरेका हुन् । तर जवाफमा प्रधानन्यायाधीश राणाले सडकबाट राजीनामा माग्दैमा आफूले पद नछोड्ने स्पष्ट पारेका हुन् । स्रोतले भन्यो, ‘न्यायाधीशहरुले तपाईँका विषयमा धेरै […]

राजीनामा दिन्नँ, महाभियोग सामना गर्न तयार छु : प्रधानन्यायाधीश जबरा

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिने अडान राखेका छन्। बीबीसी नेपाली सेवामा पत्रकार शरद केसीसँग अन्तर्वार्ता दिँदै प्रधानन्यायाधीश जबराले आफूले कसैको दबावमा राजीनामा नदिने बताएका हुन्।आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश बनेको भन्दै उनले सडकबाट राजीनामा माग्दैमा आफू त्यसको निम्ति तयार नहुने दृढता व्यक्त गरे। नेपाल बार एशोसिएशन तथा पूर्वप्रधानन्यायाधीश लगायतबाट राजीनामाको माग गरिरहेको बेला जबराको यस्तो अडान आएको हो। प्रधानन्यायाधीश जबरा

कसैको दवाव र प्रभावमा परेर राजीनामा दिन्नँ : प्रधानन्यायाधीश

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दबाबमा आएर आफूले राजीनामा नदिने बताएका छन् । बिबिसी नेपाली सेवालाई दिएको अन्तर्वार्तामा प्रधानन्यायाधीश राणाले दबाबमा आएर राजीनामा नदिने अडान व्यक्त गरेका हुन् । संवैधानिक व्यवस्था अनुसार आफू प्रधानन्यायाधीश बनेको भन्दै उनले ‘सडकबाट राजीनामा माग्दैमा आफू त्यसको निम्ति तयार नहुने’ बताएका हुन् । विवादमा घेरिएर आलोचनाको केन्द्रमा आएका प्रधानन्यायाधीश […]