नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै उनलाई अदालत प्रवेशमा रोक लगाउने गरी अवरोधको तयारी गरेपछि सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
सर्वोच्च अदालत प्रवेश गर्ने दुवै गेटमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने बारबाट सर्वोच्च छिर्ने गेट बन्द गरिएको छ । कानून व्यवसायीहरूलाई सर्वोच्चतर्फ जान नदिन गेट बन्द गरिएको हो ।
बारले बिहीवार गरेको कार्यक्रममा प्रहरी हस्तक्षेप भएपछि आज राणालाई अदालत प्रवेशमा अवरोध गर्ने घोषणा सर्वोच्च बारले गरेको थियो ।
महान्यायाधिवक्ता क...