प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा परामर्शमा रहेकाले प्रतिनिधि सभा विघटनविरुद्धका रिटहरूमाथिको सुनुवाइ शुरू हुन ढिलाइ भएको छ ।
संवैधानिक इजलासमा रहेका न्यायाधीशहरू तेजबहादुर केसी र बमकुमार श्रेष्ठका सम्बन्धमा प्रश्न उठेपछि प्रधानन्यायाधीश जबराले सर्वोच्च बारका पदाधिकारीहरूसँग छलफल गरिरहेका हुन् ।
नेकपा दर्ता बदरसम्बन्धी फैसला गरेका न्यायाधीश श्रेष्ठ र उक्त मुद्दालाई पुनरवलोकनको निस्सा नदिने न्यायाधीश केसी इजलासमा बस्न नमिल्ने जिकिर रिट निवेदक पक्षका वकिलहरूको छ ।
सोही सम्बन्धमा प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालत बार...