सबै स्थानीय तहमा हाटबजार सञ्चालन गर्छौँ : मन्त्री श्रेष्ठ
बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले प्रदेशका सबै स्थानीय तह र वडामा स्थानीय हाटबजार सञ्चालन गर्ने तयारी गरेको बताउनुभएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले स्थानीय तहले आवश्यकताभन्दा बढी दरबन्दी राखेको बताएका छन् । मन्त्रालयद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन विषयक दुईदिने कार्यशाला गोष्ठीको आज उद्घाटन गर्दै उनले बढी दरबन्दी कायम गर्दा वर्षौँसम्म स्थानीय तहलाई भार पर्ने बताएका हुन् ।मन्त्री श्रेष्ठले मुलुक निर्वाचनको सङ्घारमा गइरहेको बेला स्थानीय तहले वर्षौँसम्म भार पर्ने गरी कर्मचारीको दरबन्दी कायम गर्नुका साथै बजेट विनियोजन गरेक