ललितपुर, २७ कात्तिक । हरिबोधनी एकादशी नजिकदै गर्दा विशंखुनारायणमा सरसफाई भएको छ । शनिबार विहान ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको प्रमुख आतिथ्यमा सरसफाई भएको हो । विशंखुनारायण सुधार समिति, गोदावरी खोला सरसफाई अभियानलगायत विभिन्न संघ संस्थाहरुबाट सरसफाईमा उल्लेख्य उपस्थिति थियो । पौराणिक महत्वको विशंखुनारायण ललितपुरको गोदावरी नगरपालिकामा अवस्थित छ । तस्बिरः रिपोर्टर्स नेपाल