विशंखुनारायण

साँघुरो गुफाभित्र नारायणको मुख्य पूजास्थल छ। गुफाको बाहिरी भागलाई फलामे सिक्रीले घेरीएको छ। धार्मिक दृष्टिले बिशंखुनारायण हिन्दू धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थल। हरिबोधनी एकादसीका दिन बिशंखुनारायणमा ठूलो मेला लाग्छ।

सम्बन्धित सामग्री

हरिबोधनी एकादशी : काठमाडौंसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो

आज हरिबोधनी एकादशी । काठमाडौँ उपत्यकाका चार नारायण (चाँगुनारायण, इचंगु नारायण, विशंखुनारायण र शेषनारायण)लगायत देशभरका विष्णु भगवानका मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

गोदावरी 'साइक्लोथन' मा ८ देखि ६२ वर्षसम्मका ४ सय जना सहभागी

ललितपुर – नेपाल संवतकाे अवसरमा आज बुधवार ललितपुरको गोदावरी नगरपालिकामा साइक्लोथन अर्थात् साइकल यात्रा गरिएको छ । साइकल र्‍यालीमा ८ देखि ६२ वर्षसम्मका चार सय जना सहभागी भएका गोदावरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जगन्नाथ महर्जनले जानकारी दिनुभयो । गोदावरी नगरपालिकाको कार्यालय बज्रबाराहीबाट सुरु भएको र्‍याली ठेचो, चापागाँउ, टाहाखेल, हनुमठ, डुकुछाप, टिकाभैरव, लेले, काभ्रे, बडिखेल, टौखेल, गोदावरी, विशंखुनारायण, ठैब झरुवाराही हुँदै बज्रवाराही आएर समापन भएको थियो । साइ...

गोदावरी नगरपालिकामा स्काउटमा आधारित रोभर रेन्जर क्याम्प आयोजना

५ असार, ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाले पहिलो पटक स्काउटमा आधारित रोभर रेन्जर क्याम्प आयोजना गरेको छ । नगर स्तरीय रोभर रेन्जर क्याम्प विशंखुनारायण मावि प्रांगणमा तीन दिनसम्म चल्ने छ । तीनदिने स्काउट शिविरमा ४५ जना विद्यार्थी सहभागी छन् । शनिबार कार्यक्रमको उदघाटन गर्दै नगरपालिकाका मेयर गजेन्द्र महर्जनले रोभर रेन्जर क्याम्पले गोदावरी भरीका सबै विद्यालयमा […]

म्युजिक भिडियो निर्देशन अझ क्रियटिभ काम हो : आदित्य बुढाथोकी

ललितपुरको गोदावरीस्थित विशंखुनारायण वडा नं ९ मा जन्मी, काभ्रेमा हुर्केर हाल पेप्सीकोला बस्दै आएका ३८ वर्ष आदित्य बुढाथोकी कला क्षेत्रमा प्रवेश गरेका थिए कलाकारका रूपमा। तर, अहिले उनी छाएका छन् सफल म्युजिक भिडियो निर्देशकका रूपमा। अभिनय विधाबाट कलाक्षेत्रको करियर शुरु गरेका बुढाथोकीले थोरै भए पुगी सरी, तिमी तिमी पुरुष, आन्दोलनलगायत आधा दर्जन टेलिसिरियल, हे युवा, […]

विशंखुनारायण सरसफाई (फोटोफिचर)

ललितपुर, ४ मंसिर । गोदावरी सरसफाई अभियानले आज विशंखुनारायण मन्दिर परिसरमा सरसफाई गरेको छ । हरिबोधनी एकादशीको मेलापछि मन्दिर क्षेत्रमा थुप्रिएका फोहोरको अभियानले सरसफाई गरेको हो । अभियानकी संयोजक बेबी राजभण्डारीसहितका टोली सरसफाईमा सहभागी थिए । विशंखुनारायण सेवा सुधार समितिका अध्यक्ष राजेन्द्र बिष्टसहितका पदाधिकारी पनि सरसफाईमा सहभागी थिए ।

विशंखुनारायण सरसफाई (फोटोफिचर)

ललितपुर, २७ कात्तिक । हरिबोधनी एकादशी नजिकदै गर्दा विशंखुनारायणमा सरसफाई भएको छ । शनिबार विहान ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको प्रमुख आतिथ्यमा सरसफाई भएको हो । विशंखुनारायण सुधार समिति, गोदावरी खोला सरसफाई अभियानलगायत विभिन्न संघ संस्थाहरुबाट सरसफाईमा उल्लेख्य उपस्थिति थियो । पौराणिक महत्वको विशंखुनारायण ललितपुरको गोदावरी नगरपालिकामा अवस्थित छ । तस्बिरः रिपोर्टर्स नेपाल

दलहरुले जनतालाई दोएर खान मात्र जानेः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

ललितपुर, २४ कात्तिक । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रजातन्त्र प्राइभेट कम्पनी जस्तो मात्र भएको टिप्पणी गरेका छन् । विशंखुनारायण सेवा सुधार समितिको २१ औं वार्षिक कार्यक्रमलाई सम्बोधन गर्दै हरेक क्षेत्रमा निजीकरण गर्ने गतिविधि गम्भीर भएको बताए । ‘प्रजातन्त्र प्राइभेट कम्पनी जस्तो भयो,’ पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, ‘विशंखुनारायण क्षेत्रको जङ्गल समेत लिजमा दिने भन्ने विषय गम्भीर छ ।’ […]

गोदावारीमा जिपलाइन सञ्चालनमा

ललितपुरको गोदावारीस्थित विशंखुनारायण सामुदायिक वनमा साहसिक खेल जिपलाइन सञ्चालनमा आएको छ । साहसिक पर्यापर्यटन व्यवसायी राजकुमार श्रेष्ठले विशंखुनारायण सामुदायिक वन भित्र जिपलाइन सञ्चालनमा ल्याएका हुन् । ललितपुरको सातदोबाटोबाट करिब ७ किलोमिटरको दूरीमा रहेको विशंखुनारायण वन भित्र जिपलाइन सञ्चालनमा ल्याइएपछि खेल खेल्न आउने आन्तरिक पर्यटकहरुको संख्या पनि बढेको छ । एकतर्फ ४ सय मिटर र अर्कोतर्फ […]