कोरोना खोपको प्रभावकारिता कम भएको चीनद्वारा स्वीकार

चीनले आफ्नो देशमा उत्पादन भएका कोरोनाविरूद्धका खोपको प्रभावकारिता कम भएको स्वीकार गरेको छ । चाइना सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका निर्देशक गाओ फूले खोपको प्रभावकारिता कम भएकाले प्रभावकारिता बढाउन अरू खोपसँग ...

सम्बन्धित सामग्री

मधेश प्रदेशमा खोप लगाउनेको संख्या बढेसँगै कोरोनाको ग्राफ घट्दै

माघ २०, जनकपुर । कोरोना विरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेश प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ ।  यही माघको दोस्रो सातासम्म दैनिक २०० को हाराहारीमा संक्रमित थपिँदै गएकामा विगत केही दिनदेखि त्यो संख्या ५० को हाराहारीमा झरेको मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । पछिल्लो समय यस प्रदेशमा संक्रमितको संख्याभन्दा निको भइ घर फर्किनेको संख्या बढ्दै गएको छ । निर्देशनालयका अनुसार पछिल्लो दुई दिनका अवधिमा प्रदेशभरि ९७ नयाँ संक्रमित थपिँदा १३२ निको भएर घर फर्किएका छन् । बुधवार प्रदेशका विभिन्न जिल्लामा ४३ नयाँ संक्रमित थपिँदा ४४ र मंगलवार ५४ जनामा संक्रमण पुष्टि हुँदा ८८ जना निको भएर घर फर्किएको प्रदेश स्वास्थ्य निर्देशक विजयकुमार झाले जानकारी दिए ।  उनका अनुसार बुधवार धनुषा र सर्लाहीमा १५–१५, महोत्तरी र सप्तरीमा चार–चार, रौतहट र बारामा दुई–दुई नयाँ संक्रमित थपिएका छन् भने मंगलवार धनुषामा १६, सिरहामा १४, महोत्तरी र पर्सामा छ–छ, सप्तरीमा पाँच, बारा र रौतहटमा दुई–दुई तथा सर्लाहीमा एक नयाँ संक्रमित थपिएका छन् ।  थपिएका संक्रमितको स्वास्थ्य अवस्था समान्य रहेको र उनीहरु सबै होमआइसोलेशनमा रहेको जानकारी दिइएको छ । महामारी शुरु भएपछि प्रदेशमा संक्रमणबाट हालसम्म ४१ हजार १२२ संक्रमित हुँदा उपचारपश्चात ३८ हजार २६३ ‘डिस्चार्ज’ भएका छन् भने एक हजार ५५ जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांकले देखाएको छ । निर्देशनालयका अनुसार संक्रमणका कारण हालसम्म बारामा १८१, सप्तरीमा १६१, सिरहामा १३५, धनुषामा १३२, पर्सामा १३२, रौतहटमा १२९, सर्लाहीमा ९३ र महोत्तरीमा ९१ जनाको मृत्यु भइसकेको छ । सुरुमा संक्रमण तीव्रगतिमा फैलिए पनि खोप लगाउने दर बढ्ेसँगै संक्रमणदर घट्दै गएको चिकित्सकहरूले बताएका छन् । वर्तमान सरकारले सार्वजनिक सेवाका लागि अनिवार्य खोप कार्ड लागू गरेपछि करीब तीन साताका अवधिमा प्रदेशका जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने दर करीब १७ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । सार्वजनिक सेवाका लागि खोप कार्ड अनिवार्य, बढ्दै गएको संक्रमणको ग्राफ, खोपसम्बन्धी निरन्तरको प्रचारप्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण पछिल्लो समय प्रदेशमा खोप लगाउने दर बढेको निर्देशक झाले बताए ।  गत पुससम्म दुई डोज खोप लगाउने १८ वर्षमाथि उमेर समूहको संख्या ३८ प्रतिशत मात्र रहेकामा पछिल्लो तीन साताको अवधिमा त्यो संख्या बढेर करीब ५५ प्रतिशत पुगेको उनको भनाइ छ । उनका अनुसार पूर्ण डोज खोप लगाउनेको संख्या सर्लाहीमा ६७, धनुषामा ६०, बारामा ५८, पर्सामा ५७, सप्तरीमा ५२, सिरहामा ५१, रौतहटमा ४५ र महोत्तरीमा ४३ प्रतिशत पुगेको छ ।  यस्तै १८ वर्षभन्दा माथि उमेर समूहका एक मात्र डोज खोप लगाउनेको संख्या भने प्रदेशमा करीब ६६ प्रतिशत छ । ती मध्ये सर्लाहीमा ७५, बारामा ७०, पर्सामा ६५, सिरहामा ६३, महोत्तरीमा ६९, धनुषामा ६४, सप्तरीमा ६१ र रौतहटमा ४५ प्रतिशत छन् । उमेरका हिसाबले १८ वर्षभन्दा माथि उमेर समूहको भन्दा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाको खोप लगाउने संख्या बढी छ । निर्देशक झाका अनुसार प्रदेशमा ती उमेर समूहका करिब ६७ प्रतिशतले खोप लगाइसकेका छन् । ‘खोप लगाउने दर कम हुँदा संक्रमण फैलिने दर बढेको थियो’, राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा दिलीप साहले भने, ‘तर पछिल्लो केही सातादेखि खोप लगाउने दर बढ्दै गएसँगै संक्रमितको संख्या घट्दै गएको छ, यसलाई सकारात्मकरूपमा लिन सकिन्छ ।’  अहिलेसम्म धेरैमा त्यस्तो जटिल नदेखिनुमा पनि खोपको प्रभावकारिता हो, उहाँको भनाइ थियो । तर स्वास्थ्य मापदण्ड पालना नगरेमा संक्रमण अझै फैलिने सक्ने भएकाले सचेत हुनुपर्ने डा झाको सुझाव छ । सीमावर्ती क्षेत्रमा हेल्थडेस्क स्थापना गरी एन्टिजेन विधिबाट कोरोना जाँच गर्दै आएकाले पनि कोरोनाको ग्राफ घटेको स्थानीयवासीको बुझाइ छ । ‘विगतभन्दा यसपालि समयमै बोर्डरमा हेल्थ डेस्क स्थापना गरी चाँच शुरु ग¥यो’, महोत्तरी जलेश्वरका सुशीलकुमार कर्णले भने, ‘सीमानाकामा स्थापना गरिएको हेल्थ डेस्कबाट दैनिक एन्टिजेन परीक्षण गर्ने गरेका छन् ।’ जाँचका क्रममा संक्रमित पाइएका नेपालीलाई होमआइसोलेशनमा र भारतीयलाई भारततर्फ फर्काउने गरेकाले पनि संक्रमणदर घटेको हुनसक्ने उनको भनाइ थियो । पर्साको वीरगञ्ज, रौतहटको गौर, महोत्तरीको जलेश्वर भिट्टामोड र सिरहाको माडरमा ‘हेल्थ डेस्क’स्थापना गरी एन्टिजेन विधिबाट कोरोना जाँच गर्दै गरिँदै आइएको छ ।  वीरगञ्ज भन्सारमा रहेको हेल्थडेस्कमा बुधवार २८० को जाँच गर्दा छमा, रौतहटको गौर नाकामा १२ को जाँच गर्दा आठमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । रासस

बुस्टर डोज ओमिक्रोनविरुद्ध ८५ प्रतिशत प्रभावकारी – अध्ययन

कोरोना भाइरसविरुद्धको खोपको बुस्टर डोज अर्थात तेस्रो मात्रा नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध प्रभावकारी देखिएको बेलायतका अनुसन्धानकर्ताले बताएका छन्। बुस्टर डोज लगाएमा ओमिक्रोन भेरियन्टबाट संक्रमित भएपछि गम्भीर बिरामी हुनबाट ८५ प्रतिशतसम्म जोगिन सकिने अध्ययनकर्ताले बताएका छन्। यसअघिका भेरियन्टमा भन्दा ओमिक्रोनमा खोपको प्रभावकारिता केही कम देखिएको हो। तर हालकै खोपको प्रभावकारिता ओमिक्रोनविरुद्ध पनि रहेको वैज्ञानिकहरुको विश्लेषण छ। खोपको […]

ओमिक्रोनविरुद्ध अहिलेकै खोपले काम गर्न सक्छन् : डब्ल्यूएचओ

२२ मंसिर, काठमाडौं । विश्व स्वास्थ्य संगठनका अधिकारीले हाल प्रयोग भइरहेका कोभिड खोपले ओमिक्रोनविरुद्ध काम गर्न सक्ने बताएका छन् । दक्षिण अफ्रिकामा नयाँ भेरियन्टबारे गरिएको नयाँ ल्याब परीक्षणबाट ओमिक्रोनले फाइजर खोप छल्न सक्ने देखिएका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अधिकारीको पछिल्लो धारणा आएको हो । अनुसन्धानकर्ताले पनि नयाँ भेरियन्टविरुद्ध खोपको प्रभावकारिता कम हुन सक्ने बताइरहेकाका […]

संक्रमण घट्दा अर्थतन्त्र लयमा फर्किने आशा

कोभिड खोपको प्रभावकारिता ९० प्रतिशतखोपको प्रभावकारिता र संक्रमणविरुद्ध विकास भएको एन्टिबडीले ओरालो लागेको अर्थतन्त्र लयमा फर्कने संकेत देखिएको छ । विगतमा खोप व्यवस्थापनमा देखिएको समस्या हल हुँदै जानु र मानिसमा संक्रमणसँग लड्ने क्षमता विकास भएका कारण यसको सम्भावित दीर्घकालीन असर कम भएर दैनिकी सहज हुँदै जाने देखिएको हो । जसका कारण अर्थतन्त्र चलायमान हुने संकेत […]

डेल्टा भ्यारिएन्टप्रति स्पुतनिक भी ८३ % प्रभावकारी

साउन २७, मस्को (रुस) । कोरोना भाइरसको संक्रामक प्रकार डेल्टा भ्यारिएन्टप्रति रुसी कोभिड–१९ विरोधी खोप स्पुतनिक भी ८३ प्रतिशत प्रभावकारी पाइएको छ ।  त्यहाँका स्वास्थ्यमन्त्री मिखेल मुराश्कोले बुधवार यस्तो बताएका हुन् । खोपको प्रभावकारिता दर यसअघि अनुमान गरिएको भन्दा चाहीं कम हो । डेल्टा भ्यारिएन्ट विरुद्ध खोप करीब ९० प्रतिशत प्रभावकारी रहेको जुन महीनामा खोप निर्माताहरुले बताएका थिए । खोपको उपलब्धता दर उच्च रहेको भएपनि रुसी नागरिकहरुबीच खोप लगाउने अनिच्छा उच्च रहेको बेलामा यो खबर सार्वजनिक भएको हो ।  खोप कोरोना भाइरसको सबै प्रकार विरुद्ध सुरक्षित र प्रभावकारी भएको स्पुतनिक भी निर्माता गामालेय इन्ष्टिच्यूटका निर्देशक अलेक्जान्दर गिन्त्सबर्गले इन्भेशिया पत्रिकासँगको एक अन्तर्वार्तामा बुधवार भनेका छन् । एजेन्सी

फाइजरको कोरोना खोपको प्रभावकारिता घटेको इजरायलको दाबी

२२ असार, काठमाडौं । इजरायलले फाइजर–बायोएनटेकले संयुक्तरुपमा विकास गरेको कोरोना खोपको संक्रमणको नियन्त्रणका प्रभावकारिता घटेको बताएको छ । सोमबार इजरायलले सामान्य लक्षण र लक्षण विनाको संक्रामक रोक्न कम प्रभावकारी देखिएको बताएको छ । यद्यपि यो …

नेपाली सामाजिक सुरक्षामा भारतको योगदान

मध्ययुगदेखि आजसम्म हाम्रो देशले भोगेको एउटा समस्या श्रम व्यवस्थापनको हो । बेलायती उपनिवेशबाट हिन्दुस्तान स्वतन्त्र हुनु पहिलेदेखि नै नेपाली श्रमिकहरू रोजगारीका लागि हिन्दुस्तान र यसको बाटो हुँदै पाकिस्तान, अफगानिस्तान र बर्मासम्म पुग्ने गर्थे । परिवेश बदलिएर आज नेपालको लागि ११० ओटा देश श्रम गन्तव्य खुला भए पनि नेपाली श्रमिकका लागि सबैभन्दा ठूलो र पहुँचयोग्य बजार भनेको भारत नै हो । फलाम बेचेर कवाडीसमेत उठाएर लैजाने भारतले औद्योगिकीकरणमा गरेको तीव्र वृद्धिका कारण त्यहाँ सहज रूपमा नोकरी पाइन्छ । कोइलाखानीदेखि करर्पोरेट हाउससम्म औसत नेपालीले पाउने प्रमुख नोकरी सेक्युरिटी गार्ड र यस्तै प्रकृतिको हुने भए पनि कामअनुसारको दाम पाइने भएकाले कामको खोजीमा भारत जाने नेपालीको संख्यामा निरन्तर वृद्धि हुँदै आएको छ । नेपालस्थित भारतीय राजदूतावासको तथ्यांकअनुसार ८० लाख नेपाली कामको सिलसिलामा भारतमा रहेका छन् । यो संख्या नेपालको कुल जनसंख्याको २६ प्रतिशत हो । नेपाल श्रम प्रतिवेदन २०२० अनुसार भारतबाहेक अन्य देशमा ४० लाख श्रमिक मात्र रहेका छन् । अतः अर्थतन्त्रमा त्राण भरेको हिसाबले नेपाली श्रमशक्तिको लागि भारत सबैभन्दा ठूलो रोजगारदाता पनि हो । नेपालको झन्डै एक तिहाइ जनसंख्यालाई रोजगारी दिँदै आएको भारतले नेपाली श्रमिकलाई मर्यादित र सम्मानित जीवनयापन प्रदान गर्नमा समेत महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका न्यून आय भएका किशोर वयका स्कूले बच्चाहरू कापीकलम र पोशाक खर्चको जोहो गर्न वर्षे बिदामा पिथौरागढदेखि काला पहाडसम्म पुग्छन् र श्रमको छात्रवृत्ति बोकेर फर्किन्छन् । अहिले विश्व महामारीका रूपमा चलेको कोरोना विपद्मा भारत सरकारले दिएको १० लाख डोज भ्याक्सिन नेपालले पाएसँगै नेपाल कोरोनाको खोप प्रदान गर्ने दोस्रो दक्षिण एशियाली देश बनेको छ । समाचारहरूमा आए जस्तो उक्त खोपको प्रभावकारिता पुष्टि भएछ भने भारतले नेपालीका लागि तयार पारेका सबै सामाजिक सुरक्षा कार्यक्रमहरू मध्ये यो नै उत्कृष्ट कार्यक्रम ठहरिनेछ । खुला बजारमा नेपाली श्रमिकलाई रोजगारी दिँदै आएको भारतमा सैन्य क्षेत्रमा समेत नेपालीले नोकरी पाउँदै आएका छन् । बेतनका हिसाबले यो सबैभन्दा जोखिमयुक्त र सुविधा सम्पन्न क्षेत्र हो । सन् १९४७ अक्टोबरमा भारत स्वतन्त्र भइसकेपछि गोर्खा सैनिकलाई भारतीय र बेलायती दुवै सेनामा गाभ्ने निर्णयमा भएको हस्ताक्षरअनुसार नेपाली नवजवान निरन्तर भारतीय गोर्खा सैनिकमा काम गर्दै आएका छन् । हाल गोर्खा राइफलअन्तर्गत सातओटा रेजिमेन्टमा झन्डै ३२ हजार गोर्खा सैनिक र आसाम राइफलमा ३ हजार गरी ३५ हजार नेपाली भारतीय सेनामा बहाल छन् भने सेवानिवृत्त गोर्खा सैनिकको संख्या १ लाख २५ हजार रहेको छ । बेलायत सरकारले एउटै सैन्य सेवामा काम गर्ने बेलायती सेना र गोर्खा सेनालाई दिने पेन्सनलगायत सामाजिक सुरक्षाका कार्यक्रममा व्यापक विभेद गरेको भनेर कयौं भूपू गोर्खा सैनिक अदालत जानुपर्‍यो । गोर्खाको आवाज नसुनिएर अभिनेत्री जोना लुम्ले आफै सडकमा आउनुपर्‍यो । तर, भारत सरकारले गोर्खा सैनिक र भारतीय सेनामा कुनै उल्लेखनीय विभेद नराख्दा पेन्सनलगायत सुविधाका लागि कुनै संघर्ष गरिरहनु परेको छैन । यसलाई गोरखा सैनिकप्रति गरिएको सम्मान ठान्नुपर्छ र समान कामका लागि समान बेतन नियमको कार्यान्वयनका रूपमा समेत बुझ्न सकिन्छ । भूपू गोर्खा सैनिकहरूलाई महीनावारि दिइने पेन्सन र वर्षेनि दिइने उपचार खर्चले उनीहरूको जीवनको उत्तराद्र्ध सहज भएको छ । भूपू सैनिकका छोराछोरीलाई प्रदान गरिने छात्रवृत्तिले उच्च शिक्षामा पहुँच राख्न सकिएको छ । भूपू सैनिकका परिवारलाई सिकाइने जीवनोपयोगी शीप तालीमहरूले पेन्सनबाहेक अन्य आयमूलक कामहरू गर्न सजिलो भएको छ । सेवा निवृत्त कुनै सैनिकले सेकेन्ड करियर अर्थात् फेरि रोजगारी गर्छु भनेमा भारतीय राजदूतावास भित्रको रोजगार केन्द्रबाट जागीर प्रदान गर्ने सुविधाले तुलनात्मक रूपमा भारतको सामाजिक सुरक्षा अब्बल छ भन्ने बुझिन्छ । विपत्मा राहत, अनुदान, एकपटकको आर्थिक अनुदान, किरिया खर्च, विद्यालयलाई आर्थिक सहायता, दैवी प्रकोप सहायता र विभिन्न शिक्षा सहायता कार्यक्रमले भूपू गोर्खा सैनिक गम्भीर आर्थिक समस्याबाट मुक्त भएका छन् । गत आर्थिक वर्षमा पेन्सनका रूपमा मात्र भारतबाट नेपालमा रू. ३२ अर्ब ७५ करोड विप्रेषण भित्रिएको छ । यो रकम कुल गार्हस्थ्य उत्पादनको करीब १ प्रतिशत हो भने कुल विप्रेषणको ४ प्रतिशत रकम हो । चाखलाग्दो कुरा केहो भने भारतबाट नेपालमा भित्रिने विप्रेषणको ७५ प्रतिशत रकम यसमै अटाउँछ । विश्व आर्थिक घटनाहरूले नेपाल भित्रिने अन्य विप्रेषणमा असर गरे पनि भारतबाट नेपालमा आउने यो रकम चिरकालीन हो जुन हरेक वर्ष बढ्दो क्रममा रहेको छ । भारतसँगको व्यापारघाटा कम गर्न पनि यो रकमले उत्तिकै भूमिका खेलेको छ । आफैले हुर्काएको सैन्य शीपलाई आफूविरुद्ध प्रयोग हुन नदिन पनि भारतले भूपू गोरखा सैनिकको अवकाशलगायत सुविधा व्यवस्थापनमा ध्यान दिएको कतिपयको बुझाइ छ । जस्तो विश्वयुद्ध लडेका सिपाहीहरू कांग्रेसबाट विद्रोह गरे जस्तो वा जनयुद्ध लडेकाहरूलाई विप्लवले आश्वासन दिए जस्तो नेपालमा बेलाबेला उत्कर्षमा पुग्ने भारतविरोधी भावनामा भारतीय गोरखा सैनिक नपरून् भन्ने पनि हुन सक्छ । सैनिकलाई मात्र नभएर भारतमा काम गर्ने सम्पूर्ण नेपाली श्रमिकलाई प्रदान गरेको सामाजिक सुरक्षा कार्यक्रमबाट मुख्य गरी जोखिमअनुसारको ज्याला प्रदान गर्नुपर्छ भन्ने सन्देश गएको छ भने सम्पूर्ण सेवासुविधा हेर्दा श्रमिकको जागीरे जीवनबाहेक वैयक्तिक र सामाजिक जीवनलाई पनि समान रूपले सम्मान गर्नुपर्छ भन्ने सन्देश दिएको छ । लेखक बीमासम्बन्धी अध्येता हुन् ।

कोरोना भाइरस विरोधी सुँघ्न मिल्ने खोपको परीक्षण गर्दै चीन

वैशाख ६, पेचिङ (चीन) । चीनले सासमार्फत तान्न मिल्ने कोरोना भाइरस विरोधी खोपको क्लिनिकल परीक्षण शुरु गर्ने भएको छ ।  चीनको क्यानसिनो बायोलोजिक्सले आगामी हप्तादेखि सो खोपको परीक्षण शुरु गर्न लागेको हो । चीनमा बनेको कोरोना विरोधी खोपको प्रभावकारिता अमेरिकी फर्मा कम्पनीहरु फाइजर र मोडेर्नाको खोपको भन्दा निकै कम पाइएको भन्ने समाचारहरु सार्वजनिक भइरहेकै बेलामा कम्पनीले नयाँ प्रयोग गर्न लागेको हो ।  चिनियाँ खोपको सुरक्षा दर निकै उच्च नरहेको भन्ने कुरा चाइना सेन्टर फर डिजिज कन्ट्रोलका निर्देशकले यही महीनाको शुरुमा सर्वाजनिक रुपमै स्वीकार गरेका थिए । खोपको प्रभावकारिता बढाउन मानिसहरुलाई कोभिडको फरक शट दिनेबारे विचार गरिरहेको उनले बताएका थिए । कोरोना भाइरस मानिसको शरीरमा श्वासनलीमार्फत छिर्ने भएकोले सुघ्ने खोप बढी प्रभावकारी हुन सक्ने क्यानसिनो बायोलोजिक्स सह–संस्थापक तथा प्रमुख कार्यकारी सुफङ युले आइतवार सीएनबीसीलाई भने ।  क्यानसिनोले पेचिङ इन्ष्टिच्यूट अफ बायोटेक्नोलोजीसँग मिलेर सुँघ्न मिल्ने खोप बनाइरहेको छ । कम्पनीले बनाएको सुईबाट दिनु पर्ने कोरोना भाइरस विरोधी खोप एडेनोभाइरस टाइप ५ भेक्टर भ्याक्सिनलाई यस अघि नै चीनसमेत अन्य कयौं देशमा प्रयोगको अनुमति मिलिसकेको छ । सुँघिने खोपले सिद्धान्ततः श्वासनलीमा एन्टिबडीज (टीसेल) सक्रिय बनाएर अतिरिक्त सुरक्षा दिने चीनको हेनान प्रान्तमा आयोजित पोआओ मञ्चमा बोल्ने क्रममा युले बताएका थिए ।  सुरक्षा तह असफल भयो र भाइरस शरीरभित्र पुग्यो भने पनि प्रतिरक्षा प्रणालीका अन्य हिस्साले भाइरस विरुद्ध लड्ने उनको भनाइ छ । यसो गर्दा सुरक्षाको तहहरु थपिन्छ भने सुईमार्फत खोप किन दिने भने प्रश्न पनि उनले गरेका छन् ।  कम्पनीले यही धारणा प्रयोग गरेर क्षयरोग विरोधी सुँघ्ने खोप पनि बनाएको छ । खोपको क्यानडामा भएको परीक्षणमा सुँघिने खोपको प्रयोगपछि सुरक्षा दिनु पर्ने आवश्यकता सुईमार्फत लगाइने खोपभन्दा निकै कम पाइएको छ । एजेन्सी

आफ्नो देशमा उत्पादन भइरहेका खोपको प्रभावकारिता कम रहेको चीनको स्वीकार

काठमाण्डाै – चीनले आफ्नो देशमा उत्पादन भएको काेभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप तुलनात्मक रूपमा कम प्रभावकारी रहेको स्वीकार गरेको छ । चीनको रोग नियन्त्रण केन्द्र (सीडीसी) का प्रमुख ग्वाओ फुले पत्रकार सम्मेलनमा अहिले उपलब्ध खोपहरूको सुरक्षा दर उच्च नरहेको बताउनुभएको बीबीसीले जनाएको छ । समाचार एजेन्सी राेयटर्सका अनुसार सीडीसी प्रमुख ग्वाओले भन्नुभएकाे छ ‘कम प्रभावकारी देखिएकाे काेराेना खाेप सुधारका लागी विभिन्न खाेपकाे मात्रा मिलाउनु एक तरिका हाे । विभिन्न प्रविधिबाट बनाइएकाे खाेपकाे उपयाेगमा विच...

कोभिशिल्ड खोपको प्रभावकारिता बारे के भन्छन् विज्ञ ?

काठमाडौं । कोभिड १९ कोरोना भाइरसविरुद्ध नेपालमा दिइएको कोभिशिल्ड खोप प्रभावकारी भएकाले आम समुदायसम्म पु-याउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालले काठमाडौंमा आयोजना गरेको कोभिड १९ को महामारी र कोभिड विरुद्ध खोपको प्रभावकारिता विषयक अन्तरक्रियामा बोल्दै विज्ञहरुले कोभिशिल्ड खोप प्रभावकारी भएको भन्दै यसलाई आम मानिसहरुसम्म पु-याउनुपर्नेमा जोड दिएका हुन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कोभिशिल्ड खोपबाट नडराई सरकारले निर्धारण गरेको मापदण्ड अनुरुप खोपलिन आग्रह गर्नुभयो । सरकारले प्रतिबद्धता गरेभन्दा एकमहिना अगाडि नै खोप अभियान सुरु गर्नु सरकारको सफलता भएको उहाँको भनाई छ । खोप विज्ञ डा. श्याम राज उप्रेतीले अध्ययनले कोभिशिल्ड खोप ७० प्रतिशत भन्दा बढी प्रभावकारी भएको बताउनुभयो । कोभिशिल्ड खोप लगाईसकेपछि कोरोना लागेपनि मृत्यु कम हुने, अस्पताल जानुपर्ने अवस्था नआउने तथा सिकिस्त बिरामी नपर्ने उहाँको भनाई छ । भ्याक्सिन लगाएमा कोरोनाको संक्रमण भएपनि रोग लाग्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो । खोपले ब्यक्तिलाई कोरोना संक्रमणबाट बचाएपनि अर्को ब्यक्तिलाई सार्नसक्ने क्षमता भने रहने भएकाले खोप लगाएपनि जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उहाँले बताउनुभयो । खोप विज्ञ उप्रेतीले १८ वर्ष मुनिका बालबालिकामा परिक्षण हुँदै गरेकाले अहिले खोप नदिईने बताउनुभयो । गर्भवती महिला र खोपको पहिलो चरण लगाउँदा सिकिस्त बिरामी परेकाहरुलाई पनि खोप नदिने जानकारी दिनुभयो । त्यसैगरी, उच्च ज्वरो हुँदा, रगत पातलो हुने औषधिको प्रयोग भइरहेको छ भने पनि कोभिशिल्डको प्रयोग गर्नुनुहुने विज्ञ उप्रेतिले बताउनु भयो । पहिले दुध खुवाईरहेकी आमालाई खोप प्रयोग नगर्ने भनिएको भएपनि अब दुध खुवाईरहेकी आमालाई खोप दिन सकिने उहाँले बताउनुभयो । विश्व स्वास्थ्य संगठनले नै पहिलो मात्रा लगाएको चार हप्ताको अन्तरमा दोस्रो मात्रा खोप लगाउँदा प्रभावकारी हुने भनेको भएपनि अहिले भने ८ हप्तादेखि १२ हप्ताको अन्तरमा खोप दिएमा बढी प्रभावकारी हुने अध्ययनले देखाएको बताउनु भयो । नेपाल सरकारले पनि दोस्रो मात्रा ८ हप्तापछि मात्रै दिने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । खोप लगाइसकेपछि कति समयसम्म प्रभावकारी हुन्छ भन्ने अध्ययन भइरहेको उहाँको भनाई छ । बेलायत र दक्षिण ...