कोरोना भाइरस विरोधी सुँघ्न मिल्ने खोपको परीक्षण गर्दै चीन

वैशाख ६, पेचिङ (चीन) । चीनले सासमार्फत तान्न मिल्ने कोरोना भाइरस विरोधी खोपको क्लिनिकल परीक्षण शुरु गर्ने भएको छ ।  चीनको क्यानसिनो बायोलोजिक्सले आगामी हप्तादेखि सो खोपको परीक्षण शुरु गर्न लागेको हो । चीनमा बनेको कोरोना विरोधी खोपको प्रभावकारिता अमेरिकी फर्मा कम्पनीहरु फाइजर र मोडेर्नाको खोपको भन्दा निकै कम पाइएको भन्ने समाचारहरु सार्वजनिक भइरहेकै बेलामा कम्पनीले नयाँ प्रयोग गर्न लागेको हो ।  चिनियाँ खोपको सुरक्षा दर निकै उच्च नरहेको भन्ने कुरा चाइना सेन्टर फर डिजिज कन्ट्रोलका निर्देशकले यही महीनाको शुरुमा सर्वाजनिक रुपमै स्वीकार गरेका थिए । खोपको प्रभावकारिता बढाउन मानिसहरुलाई कोभिडको फरक शट दिनेबारे विचार गरिरहेको उनले बताएका थिए । कोरोना भाइरस मानिसको शरीरमा श्वासनलीमार्फत छिर्ने भएकोले सुघ्ने खोप बढी प्रभावकारी हुन सक्ने क्यानसिनो बायोलोजिक्स सह–संस्थापक तथा प्रमुख कार्यकारी सुफङ युले आइतवार सीएनबीसीलाई भने ।  क्यानसिनोले पेचिङ इन्ष्टिच्यूट अफ बायोटेक्नोलोजीसँग मिलेर सुँघ्न मिल्ने खोप बनाइरहेको छ । कम्पनीले बनाएको सुईबाट दिनु पर्ने कोरोना भाइरस विरोधी खोप एडेनोभाइरस टाइप ५ भेक्टर भ्याक्सिनलाई यस अघि नै चीनसमेत अन्य कयौं देशमा प्रयोगको अनुमति मिलिसकेको छ । सुँघिने खोपले सिद्धान्ततः श्वासनलीमा एन्टिबडीज (टीसेल) सक्रिय बनाएर अतिरिक्त सुरक्षा दिने चीनको हेनान प्रान्तमा आयोजित पोआओ मञ्चमा बोल्ने क्रममा युले बताएका थिए ।  सुरक्षा तह असफल भयो र भाइरस शरीरभित्र पुग्यो भने पनि प्रतिरक्षा प्रणालीका अन्य हिस्साले भाइरस विरुद्ध लड्ने उनको भनाइ छ । यसो गर्दा सुरक्षाको तहहरु थपिन्छ भने सुईमार्फत खोप किन दिने भने प्रश्न पनि उनले गरेका छन् ।  कम्पनीले यही धारणा प्रयोग गरेर क्षयरोग विरोधी सुँघ्ने खोप पनि बनाएको छ । खोपको क्यानडामा भएको परीक्षणमा सुँघिने खोपको प्रयोगपछि सुरक्षा दिनु पर्ने आवश्यकता सुईमार्फत लगाइने खोपभन्दा निकै कम पाइएको छ । एजेन्सी

सम्बन्धित सामग्री

१५ लाख बुस्टर डोज नेपाल ल्याइदै

पछिल्लोपटक छिमेकी देश चीन र भारतमा कोरोना भाइरस संक्रमण फैलिएपछि सरकारले गाभीसँग खोपको अतिरिक्त मात्रा (बुस्टर डोज) माग गरेको छ।...

१५ लाख बुस्टर डोज नेपाल ल्याइदै

पछिल्लोपटक छिमेकी देश चीन र भारतमा कोरोना भाइरस संक्रमण फैलिएपछि सरकारले गाभीसँग खोपको अतिरिक्त मात्रा (बुस्टर डोज) माग गरेको छ।...

हिमालय एयरलाइन्सको चीन उडान चार साताका लागि रोकियो

३१ साउन, काठमाडौं । नेपालबाट २ अगष्ट (१७ साउन)मा चीन पुगेका १५ यात्रुमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएपछि हिमालय एयरलाइन्सको चीन उडान रोकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौंबाट कुनमिङका लागि हिमालयले सातामा एक उडानको अनुमति पाएको छ । सो उडान समेत अब २२ अगष्ट (६ भदौ)बाट १३ सेप्टेम्बर (२८ भदौ) […]

चीन: सांघाईमा कोरोना भाइरस बढ्यो, बिरामीले भरियो अस्पताल

चीनको सांघाईमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गएको छ र सहरका प्रमुख अस्पताल बिरामीले भरिएका छन् । सांघाईले कोरोना भाइरसको नयाँ लहर आएदेखि अहिलेसम्म संक्रमणबाट कसैको पनि मृत्यु भएको घोषणा गरेको छैन। यद्यपि, मानिसहरुले बीबीसीसँग कुरा गर्दै भनेका छन्,सहरको पूर्वी भागको अवस्था निकै नाजुक रहेको र यहाँ धेरै वृद्ध बिरामी भर्ना भएका तीमध्ये धेरैको […]

उपभोग्य सामग्री किनेर राख्न सर्वसाधारणलाई चीन सरकारको आग्रह

सन् २०२० को फेब्रुअरी महिनामा चीनमा देखापरेको भनिएको कोरोना भाइरस संक्रमण नियन्त्रणमा अत्यधिक सफल देखिएको चीनमा पुनः संक्रमण बढ्न थालेको छ । यसबीच चीन सरकारले सर्वसाधारण नागरिकलाई आवश्यक उपभोग्य सामग्री किनेर राख्न आग्रह गरेको छ । चीनको वाणिज्य मन्त्रालयले कुनै कारण नखुलाईकन उपभोग्य सामग्री खरीद गरेर राख्न सूचना प्रकाशित गर्दै स्थानीय निकायहरूलाई उपभोग्य सामानको निरन्तर …

चिनियाँ सहरमा फेरी लकडाउन

चीन सरकारले कोरोना भाइरस संक्रमितको संख्या बढेको भन्दै लकडाउनको घोषणा गरेको छ

चीन र दक्षिण अफ्रिकामा नक्कली खोपको कारोबार गर्ने गिरोह पक्राउ

काठमाण्डाै – चीन र दक्षिण अफ्रिकामा कोरोना भाइरस विरुद्धको नक्कली खोपको कारोबार गर्ने गिरोह पक्राउ परेका छन् । प्रहरीका अनुसार चीनमा  नक्कली खोप बनाउने ८० जना पक्राउ परेका छन् । नक्कली खोप बनाउने ठाउँमा छापा मार्दा उनीहरु पक्राउ परेका प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । प्रहरीका अनुसार त्यहाँबाट कम्तीमा तीन हजार डोज नक्कली खोप पनि बरामद गरिएकोे छ । यस्तै दक्षिण अफ्रिकाको गाउतेङ्गमा रहेको गोदामबाट पनि प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना चिनियाँ नागरिक छन् भने एक जना जिम्बाबेका नागर...

नेपालमा भारत, चीन र रुसका थप तीन कोरोना खोप दर्ताका लागि प्रक्रियामा

औषधि व्यवस्था विभागमा कोरोना भाइरस विरुद्धको खोप उत्पादन गरिरहेका तीन देशका कम्पनीले खोप दर्ताका लागि निवेदन दिएका छन्। जसमा भारत, चीन र रुसका कम्पनीले निवेदन दिएका हुन्।

कोरोनाको उत्पत्तिबारे अध्ययन गर्न चीन गएको टोलीको क्वारेन्टिन अवधि पूरा

१५ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बारे अध्ययनको लागि चीन गएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को टोलीको क्वारेन्टिनको बसाइ सकिएको छ । यससँगै टोलीमा रहेका वैज्ञानिकहरुले वुहान सहरमा यो भाइरस कसरी फैलियो भन्ने विषयमा अनुसन्धान गर्नेछन् । त्यसका लागि उनीहरुले शोधकर्ता संस्था, अस्पताल र समुद्री खानाको बजारका मानिसहरुसँग अन्तर्वार्ता लिनेछन् । यद्यपि डब्ल्यूएचओका वैज्ञानिकहरुको अनुसन्धान […]

डब्ल्यूएचओको टोली बिहीबार चीन आइपुग्ने

२७ पुस, काठमाडौं । चीनले आगामी बिहीबार डब्ल्यूएचओका वैज्ञानिकहरुको टोली आइपुग्ने बताएको छ । सोमबार चीनको नेशनल हेल्थ कमिसनले कोरोना भाइरस (कोभिड-१९) को उत्पत्तिबारे अनुसन्धानको लागि आउन लागेको टोली बिहीबार चीन आइपुग्ने बताएको हो । डब्ल्यूएचओको टोलीले जनवरीको सुरुबाट चीन भ्रमण सुरु गर्ने योजना बनाएको थियो । तर, गत साता डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेससले चीनले […]