डेल्टा भ्यारिएन्टप्रति स्पुतनिक भी ८३ % प्रभावकारी

साउन २७, मस्को (रुस) । कोरोना भाइरसको संक्रामक प्रकार डेल्टा भ्यारिएन्टप्रति रुसी कोभिड–१९ विरोधी खोप स्पुतनिक भी ८३ प्रतिशत प्रभावकारी पाइएको छ ।  त्यहाँका स्वास्थ्यमन्त्री मिखेल मुराश्कोले बुधवार यस्तो बताएका हुन् । खोपको प्रभावकारिता दर यसअघि अनुमान गरिएको भन्दा चाहीं कम हो । डेल्टा भ्यारिएन्ट विरुद्ध खोप करीब ९० प्रतिशत प्रभावकारी रहेको जुन महीनामा खोप निर्माताहरुले बताएका थिए । खोपको उपलब्धता दर उच्च रहेको भएपनि रुसी नागरिकहरुबीच खोप लगाउने अनिच्छा उच्च रहेको बेलामा यो खबर सार्वजनिक भएको हो ।  खोप कोरोना भाइरसको सबै प्रकार विरुद्ध सुरक्षित र प्रभावकारी भएको स्पुतनिक भी निर्माता गामालेय इन्ष्टिच्यूटका निर्देशक अलेक्जान्दर गिन्त्सबर्गले इन्भेशिया पत्रिकासँगको एक अन्तर्वार्तामा बुधवार भनेका छन् । एजेन्सी  

सम्बन्धित सामग्री

स्पुतनिक भी खोप डेल्टा भ्यारिएन्टप्रति ८३ प्रतिशतसम्म प्रभावकारी भएको दावी

रुसी स्वास्थ्यमन्त्री मिखेल मुरास्कोले एक पत्रिकालाई दिएको अन्तर्वार्तामा सो कुरा बताएका हुन्। यो दर यसअघि अनुमान गरिएको भन्दाचाहिँ कम हो।

बहराइनमा स्पुतनिक–भी खोप ९४.३ प्रतिशत प्रभावकारी भएको दावी

रुसको डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट (आरडीआइएफ)ले आफुले बनाएको कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक–भी बहराइनमा ९४.३ प्रतिशत प्रभावकारी भएको दावी गरेको छ । बहराइनमा चलिरहेको खोप अभियानको प्रभावकारिताबारेमा अनुसन्धान गर्दा यस्तो नतिजा देखिएको बहराइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाविरुद्धको खोप स्पुतनिक–भी ब्राजिलमा पनि प्रयोग गर्न अनुमति

मस्को । कोरोना भाइरस विरुद्धको खोप स्पुतनिक–भी प्रयोग गर्न ब्राजिलमा पनि अनुमति दिइएको छ । ब्राजिलका उच्च सरकारी अधिकारीहरुले खोप प्रयोगका लागि अनुमति दिएको बताएसँगै यो खोप प्रयोग गर्न अनुमति दिने देशहरु्मध्ये ब्राजिल ६७ औँ क्रममा परेको छ । रुसमा विकास गरिएको स्पुतनीक भी खोप कोरोनाभाइरसका विरुद्धमा निकै प्रभावकारी रहेको रुसी स्वास्थ्य अधिकारीहरुले दावी गर्दै […]

एक डोज लगाए पुग्ने स्पुतनिक–भी बनाउँदै रुस

एजेन्सी। अहिले बजारमा चलेका कोरोनाविरुद्धका भ्याक्सिन सबै डबल डोज लगाउनुपर्छ। अब रुसले आफ्नो उत्पादन स्पुतनिक–भीको सिंगल डोज भर्जन बनाउने तयारी थालेको छ। यसको नाम स्पुतनिक लाइट राखिएको छ। रुसमा यो भ्याक्सिनको परीक्षण जनवरीमा सुरु गरिएको थियो। यसले हर्ड इम्युनिटी विकास निकै चाँडो गर्ने रुसको दाबी छ। यो भ्याक्सिन ८० प्रतिशत प्रभावकारी हुने बताइएको छ।

रसियन स्पुतनिक खोप ल्याउन लोमश फर्मालाई अनुमति

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना भाइरसविरुद्धको रसियन स्पुतनिक भी खोप ल्याउने बाटो खुल्ला गरेको छ । विभागले लोमश फर्मालाई स्थानीय एजेन्टको रुपमा खोप आयात गर्न अनुमति दिइएको हो । स्पुतनिक भी खोपलाई आयातका लागि अनुमति दिइएको औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक तथा प्रवक्ता सन्तोष केसीले रातोपाटीलाई जानकारी दिए ।रसियन सरकारी संस्था ग्यामेलिया नेशनल रिसर्च सेन्टरले निर्माण गरेको स्पुतनिक भी खोप ९२ प्रतिशत बढी प्रभावकारी भएको बताइएको छ ।  यो खोप २१ दिनको अन्तरमा दुई डोज लगाउनुपर्

मे १ मा रुसी खोप स्पुतनिक–भी भारत आइपुग्ने

एजेन्सी। रुसी भ्याक्सिन स्पुतनिक–भीको पहिलो खेप भारतमा मे महिनाको पहिलो दिन आइपुग्ने भएको छ। कोभिसिल्ड र कोभ्याक्सिन अहिले भारतमा चलिरहेको छ। स्पुतनिक–भी रुसको गमालया रिसर्च इन्स्टिच्युट अफ इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीले बनाएको हो। रोयटर्सलाई रुसी प्रत्यक्ष लगानी कोषका प्रमुख किरिल दिमित्रिकले यो जानकारी दिएका हुन्। ९१.६ प्रतिशत प्रभावकारी मानिएको स्पुतनिक–भीले भारतलाई महामारीबाट जोगाउन मद्दत पुग्ने बताइन्छ।

बहराइनद्वारा रुसमा विकास गरिएको खोप प्रयोगका लागि अनुमति

काठमाण्डौ - बहराइनले रुसमा विकास गरिएको कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि पनि अनुमति दिएको छ ।  बहराइनका स्वास्थ्य अधिकारीहरूले स्पुतनिक भी खोपलाई आपत्कालीन अवस्थामा प्रयोगका लागि अनुमति दिएको हो ।  राष्ट्रिय स्वास्थ्य नियामक निकाय एनएचआरएले स्पुतनिक भी पनि कोरोना भाइरसविरुद्ध प्रभावकारी देखि...

कोरोनाविरूद्धको रूसी भ्याक्सिन ९२ प्रतिशत प्रभावकारी रहेको दाबी

मस्को- रूसले बनाएको कोरोनाविरूद्धको भ्याक्सिन ‘स्पुतनिक भी’ ९२ प्रतिशत प्रभावकारी भएको दाबी गरेको छ।  रुसको सभेरियन वेल्थ फण्डले स्पुतनिक खोपबारे यस्तो जानकारी दिएको रोयटर्सले...

आफ्नो कोरोना खोप ९२ प्रतिशत प्रभावकारी रहेको रुसको दाबी

२६ कात्तिक, काठमाडौं । रुसले आफ्नो कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप स्पुतनिक भी ९२ प्रतिशत प्रभावकारी रहेको बताएको छ । रुसले आन्तरिक परीक्षणको क्रममा यो खोपले ९२ प्रतिशतसम्म मानिसहरुलाई बचाउन सक्ने पाइएको दाबी गरेको छ …

रुसले बनाएको कोरोना खोप एन्टिबडी बनाउन सक्षम : अध्ययन

काठमाण्डाै – रुसले विकसित गरेको कोभिड–१९ खोप ‘स्पुतनिक भी’ सुरुवाती चरणको परीक्षणमा सुरक्षित र प्रभावकारी भएको पाइएको छ ।  शुक्रबार सार्वजनिक गरिएको परिणाममा बयानमा त्यो खोप लगाएको ४२ दिनसम्म पनि कुनै नकारात्मक प्रभाव नदेखिएको बताइएको छ । खोपले २१ दिनभित्र एन्टिबडी बनाउन सक्षम रहेको पाइएक...