काठमाडौं : पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशालामा मापदण्डविपरीत संरचना निर्माण गरेको भन्दै हटाउन मारवाडी सेवा समितिलाई निर्देशन दिएको छ।गौपालन, नन्दी सेवा र तीर्थयात्रीलाई आवास सञ्चालन मात्र गर्ने सम्झौता भएकोमा समितिले मापदण्ड विपरीतका कार्य गरेको कोषले जनाएको छ।कोषले शुक्रबार सूचना जारी ३५ दिनभित्र अवैध संरचना नहटाए नियमअनुसार कदम चाल्ने चेतावनी पनि दिएको छ।