कोभिड बढेसँगै स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन सरकारको निर्देशन

पछिल्लो समय कोभिड–१९ को संक्रमण बढेसँगै सरकारले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न, गराउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सुचना जारी गर्दै संक्रमण रोकथाम तथा नियन्त्रणका लागि...

सम्बन्धित सामग्री

कोभिडविरुद्ध एकताबद्ध हुन प्रधानमन्त्रीको निर्देशन

वैशाख १२, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध एकताबद्ध भएर खट्न सम्पूर्ण पार्टी कमिटीलाई निर्देशन दिनुभएको छ । एमाले १० औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बालुवाटारमा आइतवार बसेको तेस्रो बैठकमा उहाँले कोभिड– १९ विरुद्ध सबै पार्टी पङ्क्ति एक ढिक्का भएर परिचालित हुन आग्रह गर्नुभयो ।       ‘कोभिड– १९ विरुद्ध लड्नका लागि स्थानीय तह र जिल्लालाई सिङ्गो परिचालन गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ, एक ढिक्का भएर कोभिडविरुद्ध लड्नका लागि सक्रिय रहन आग्रह गर्नुभयो’, बैठकपछि पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। सरकारले पनि आफ्नो स्थानबाट अधिकतम प्रयास गरिरहेको जानकारी दिंदै कोरोनाको नयाँ भेरियन्टका कारण उत्पन्न हुन सक्ने परिस्थितिको सामना गर्न पार्टी पङ्क्ति सक्रिय हुन र जिल्लाजिल्लामा आवश्यक तयारी गर्न प्रधानमन्त्रीले निर्देशन दिएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए।        शनिवार साँझ प्रधानमन्त्रीका उपस्थितिमा बसेको कोभिड क्राइसिस म्यानेजमेन्ट विस्तारित बैठकमा निकालिएको निष्कर्षका बारेमा आइतवार जानकारी दिइएको बताउँदै प्रवक्ता ज्ञवालीले पछिल्लो समय असाध्यै धेरै सङ्क्रमण फैलिने कोभिड –१९ को नयाँ भेरियन्ट देखिएको र त्यसका लागि निकै अक्सिजनको आवश्यकता पर्ने भएकाले नयाँ सिलिण्डर व्यवस्था गर्ने, खोपलाई विस्तार गर्नेलगायत विषयमा पनि छलफल भएको बताए ।   सङ्क्रमणबाट बच्न पूर्णरुपमा बन्दाबन्दी गर्ने सोच नभएको जनाउँदै मन्त्री ज्ञवालीले भने, ‘सकभर जनजीविकामा प्रतिकूल असर पर्ने गरी बन्दाबन्दी गर्ने तयारी छैन, लकडाउन आफैंमा अन्तिम समाधान होइन, त्यसैले जनतालाई स्वास्थ्य मापदण्ड पालना गराई मुलुकभर कोभिड महामारीको सामना गर्ने तयारी सरकारको छ ।’  रासस

कमरेडहरूको सामाजिक दूरी, बालुवाटारको केक

देशमा कोरोना संक्रमण बढ्ने बित्तिकै सरकारले एउटा निर्देशन जारी गरेको थियो– स्वास्थ्य मापदण्ड पालना गरौँ, सामाजिक दूरी कायम गरौँ । जनतालाई कोरोनाबाट बचाउन सरकारले गरेको सबैभन्दा ठूलो काम पनि त्यही नै थियो । आखिर जनताप्रति सरकारको …

अझै सचेत छैनन् व्यापारी

काठमाडौं । खाद्य तथा तरकारी व्यवसाय गर्दै आएका व्यापारीले अहिले पनि सामान्य स्वास्थ्य मापदण्ड नै पूरा नगरी व्यापार गर्ने गरेको पाइएको छ । सरकारले व्यापार व्यवसाय गर्दा अनिवार्य रूपमा कोभिड–१९ संक्रमणलाई फैलिन नदिइने कोभिड–१९ सँग सम्बन्धित मापदण्ड अपनाएर मात्र व्यापार सञ्चालन गर्न निर्देशन दिएको थियो । तर, व्यापारीले भने सरकारको निर्देशनलाई पालना गरेका छैनन् । …