काठमाण्डाै – संसदीय समितिले अति विशिष्ट (भीभीआईपी) र भीआईपी (विशिष्ट) व्यक्तिहरूलाई मापदण्ड विपरीत दिइएको सुविधा १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।
आज बिहीवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले भीभीआईपी र भीआईपीहरूलाई मापदण्ड विपरीत उपलब्ध गराइएको सुरक्षा अधिकृत, गाडी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो । समितिले उनीहरूलाई फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन र समितिलाई जानकारी गराउन पनि अनुरोध गरेको छ । त्यसैगरी सरकारका मन्त्...