काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयको परीक्षामा स्वास्थ्यका मापदण्ड पालना भए/नभएकोबारे अनुगमन गर्न निर्देशन दिनुभएको छ ।
उहाँले परीक्षामा आवश्यक भौतिक दूरीको पालना, स्यानिटाइजर तथा मास्क प्रयोग भए/नभएको अनुगमन गर्न निर्देशन दिनुभएको हो । परीक्षाको अनुगमनपछि कोभिड प्रोटोकल पालना नभएको पाइए केही हप्ता स्थगित गराउन निर्देशन दिनुभएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
मुख्यसचिव शंकरदास बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई अनुगमन गर्न निर्देशन भएको छ । त्रिभुवन विश्वविद्या...