काठमाण्डाै - आज संयुक्त राष्ट्र सङ्घ स्थापना दिवस मनाइँदैछ । सन् १९४८ देखि हरेक वर्षको अक्टोबर २४ तारिखमा संयुक्त राष्ट्र सङ्घ स्थापना दिवस मनाइन्छ ।
सन १९७१ को संयुक्त राष्ट्रसङ्घको महासभाले आजका दिन सम्पूर्ण सदस्य राष्ट्रहरुमा सार्वजनिक बिदा दिइनुपर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो ।
आज संयुक्त राष्ट्रसङ्घको गठन, कार्य र उद्देश्यका बारेमा जानकारी गराउन विभिन्न कार्यक्रम हुने गरेको छ । हरेक वर्षको २० देखि २६ अक्टोबरसम्म संयुक्त राष्ट्रसङ्घ सप्ताह मनाइने भए पनि अक्टोबर २४ लाई विशेष उत्साहका साथ मनाउने गरिन्छ ।
...