संयुक्त राष्ट्र सङ्घले युक्रेनमा रुसको आक्रमणबाट कुनै विजय नहुने बताएको छ । रुस–युक्रेन युद्धको सयौँ दिनमा प्रवेश गरेको सन्दर्भमा संयुक्त राष्ट्र सङ्घको यो टिप्पणी सार्वजनिक भएको हो । जारी युद्धमा मस्कोको सेनाले पूर्वी डोनबास क्षेत्रमा दबाब दिइरहेको छ।
‘यस युद्धको कुनै विजेता छैन र हुनेछैन । बरु, हामीले १०० दिनसम्म के–के गुमाएको देख्यौँ । जीवन, घर, रोजगारी र सम्भावनाहरू गुमायौँ’, अमिन अवाद, सहायक महासचिव र युक्रेनका लागि संयुक्त राष्ट्र सङ्घ सङ्कट संयोजकले विज्ञप्तिमार्फत यस्तो टिप्पणी गर्नुभ...