मस्काे – रुसले युक्रेन र युरोपको सुरक्षासम्बन्धी वार्तामा संयुक्त राज्य अमेरिकासँग कुनै सहयोग स्वीकार नगर्ने बताएकाे छ ।
रुसले आज आइतवार युक्रेन र युराेपकाे सुरक्षासम्बन्धी वार्तामा अमेरिकासँग कुनै सहुलियत–सहयाेग स्वीकार नगर्ने जनाउँदै अमेरिकी सङ्केतहरूबाट निराश रहेकाे बताएकाे हाे ।
‘हामी कुनै पनि सहुलियतमा सहमत हुने छैनौँ । त्यो पूर्णरूपमा बहिष्कृत छ’, रुसका उप-विदेशमन्त्री सर्गेई र्याबकोभले रुसी समाचार एजेन्सीहरूलाई भन्नुभयाे, ‘हामी पछिल्ला केही दिनम...